बेलायतमा वीर गोर्खाको सम्मानमा अल्डरसटमा बन्ने भो,भिसी थापाको सालिक”

लन्डन ।बेलायतमा गोर्खाजहरुको सबैभन्दा बाक्लो बसोबास रहेको अल्डरसटमा झण्डै १ लाख २५ हजार पाउन्ड बराबरको लागतमा प्रथम भिसी (भिक्टोरियाक्रस) प्राप्त स्वर्गीय कुलबीर थापाको शालिक (स्टाचु) निर्माण हुने भएको छ ।बिर पुर्खाहरुको सम्मान स्वरुप उक्त शालिक निर्माण गरिने बताइएको छ ।

सबैभन्दा बढि नेपाली बसोवास गर्ने र बेलायती सेनाका अधिकृतहरुको प्रशिक्षणका लागि प्रख्यात ‘रोयल मिलिट्री एकेडेमी स्यान्डहर्सट’ नजिक अल्डरसटमा सालिक बन्ने भएको हो ।

थापाले प्रथम विश्व युद्धमा घाइते एक ब्रिटिश र दुई गोर्खा 
सैनिकलाई बचाएर बेलायत सरकारको सम्मानित पदक 
पाएका थिए । उनीसंगै भिसी पदक पाउने गोर्खा सैनिकको 
संख्या १३ छ । सालिकको आकृति पनि भिसी थापाले घाइते सैनिक बोकेको हुनेछ ।

थापाको शालिक एकवर्षभित्रै अल्डरशट प्रिन्चेस गार्डनमा राख्नका लागि स्वीकृति पाएलगत्तै ग्रेटर रशमोर नेपाली कम्युनिटीका अध्यक्ष रामधन राईको अध्यक्षतामा नोभेम्बर ८ मा बसेको एक वैठकले राईकै अध्यक्षतामा एक प्रोजेक्ट संयोजन समिति समेत गठन गरेको थियो।

प्रोजेक्ट संयोजकमा मेजर रि खिम गौचन र क्याप्टेन रि गेयारी घले र सहसंयोजक शेरबहादुर सुनार रहेका छन् भने संल्लाहकारहरुमा गोर्खा ब्रिगेड एसोसियनका अध्यक्ष मेजर.रि मनीकुमार राई (M.B.E.) र ब्रिटिश गोर्खा वेलफेयर सोसाइटीका अध्यक्ष मेजर रि टिकेन्द्रदल देवान जेपीका साथै गेसोका अध्यक्ष कृष्ण राई तथा सत्याग्रहका प्रमुख संयोजक ज्ञानराज राई र  बिश्वका १४ उच्च हिमालहरुको छोटो समयमा आरोहण गरेर किर्तीमानी कायम गरेका पूर्वगोर्खा निर्मल पुर्जा मगर रहेका छन् ।

कोषाध्यक्षमा टोप पल्ली, सहकोषाध्यक्ष उत्तर गुरूङ र टेक बहादुर थापा तथा सदस्यहरूमा के.री राजेन्द्र मान गुरुङ, के.री राजु गुरूङ, के.रि बिर बहादुर थापा, के रि ताम ढेंगा, ले.री सुनिल राना, ले.री लाल गुरूड, ले.रि रेशम शेरचन, ओम थापा काउचा, नेम थापा, मेख गुरूङ,  जंग सुनुवार, जिव बेल्बासे, पदम राई, जंगबहादुर गुरूङ, श्रीमती प्रमिला राई, श्रीमती गोमा राना, श्रीमती हेमा राना, मैया के.सी श्रीमती छबीमाया पुन, मान गुरूङ र श्रीमती शुसिला राई रहेको एक संयोजन समिती गठन गरिएको हो ।

ग्रेटर रसमोर नेपलिज कम्युनिटीले प्रिन्सेस गार्डेन, अल्डरसटमा बनाउन लागेको सालिकका लागि स्थानीय रसमोर बरो काउन्सिलले स्वीकृति दिइसकेको छ । काउन्सिलले जग्गा र सालिक निर्माणपछि रेखदेख गर्ने जिम्मेवारी समेत लिएको छ । कम्युनिटीले काउन्सिललाई सन् २०१५ मै निवेदन दिएको थियो ।

सालिकका लागि हेडक्वार्टर ब्रिगेड अफ गोर्खाज्, दि गोर्खा ब्रिगेड असोसिएसन र गोर्खा संग्रहालयले पनि अनुमति दिइसकेको गोर्खा मेमोरियल प्रोजेक्टका संयोजक मेजर रिटायर्ड खिम गौचनले जानकारी दिए । यसको अनुमानित लागत एक करोड ८० लाख रुपैयां छ । चन्दा संकलनबाटै आउंदो अगष्टसम्म सालिक बनाइने लक्ष्य राखिएको छ ।

कलाकार यमी गुडम्यानले सालिक निर्माणको जिम्मा लिएकी छन् । मूर्तिकलामा २३ वर्ष लामो अनुभव संगालेकी यमीले भिसी थापाको सालिक बनाउन आफू उत्साहित भएको बताइन् ।

आइतबार प्रोजेक्टबारे जानकारी दिन आयोजित एक पत्रकार सम्मेलनमा करिब २३ हजार पाउण्डको प्रतिवद्धता आइसकेको कोषाध्यक्ष टोप पल्लीले जनाए ।

वीर गोर्खाको सम्मान र कदर, बेलायती एवं दोश्रो पुस्ताका नेपालीलाई गोर्खा योगदानबारे अवगत गराउन एवं बेलायत नेपाल सम्बन्ध थप प्रगाढ बनाउन सालिकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास कम्युनिटी अध्यक्ष 
रामधन राईको छ ।

प्रोजेक्ट मिडीया सयोजक ओम थापा काउचाका अनुसार १३ जना बिर गोर्खा भिक्ट्रोरीया क्रस बिजेता हरूलाई बिषेस सम्मान र पहिलो र दोस्रो युद्ध देखी आज सम्म बिष्व शान्तीको निम्ती द्रिगती प्राप्त सहिद हुनू भएको बिर गोर्खा योध्दा हरूको सम्झना र समान सोरूप वाहा हरूको आत्मा शान्ती रहोस भन्दै यस प्रथम गोर्खा भिक्ट्रोरिया क्रस हवलदार कुलबिर थापाको सालिक निर्माणको निम्ती बिषेस बेलायतका नेपाली कम्यूनिटीसंग सस्थालाई सकिदो समुहगत रूममा सहभागिता जनाउन अनुरोध गरिएको छ।सालिकको जग (प्लिन्थ) मा ब्रिगेड अफ गोर्खाज् इतिहास र भिसी थापाको जीवनी र अर्कोतिर एकहजार पाउण्ड बढि चन्दा दिनेको नामावली लेखिने छ,थापाले भने’।

कम्युनिटीकी महासचिव प्रमिला लाबुङ राईले सञ्चालन गरेको कार्यक्रममा एनआरएन अभियन्ता एवं प्रोजेक्ट सहसंयोजक शेरबहादुर सुनार सालिक निर्माणले गोर्खा इतिहास जीवन्त रहने बताउंछन् । उनले बेलायतमा आउंदो वर्ष हुने जनगणना फाराममा ‘नेपाली’ पदावली राख्न पहल गर्ने र गोर्खा सालिक बनाउने धेरै अघि देखिको सपना साकार पार्न आफू दत्तचित्र भएर लाग्ने पनि बताए ।

कार्यक्रममा हेडक्वार्टर ब्रिगेड अफ गोर्खाज्का तर्फबाट मेजर रिटायर्ड मनी कुमार राई‘एमबीइ’, काउन्सिल लिडर डेभिड क्लिफोर्ड, प्रोजेक्ट म्यानेर क्याप्टेन रिटायर्ड ग्यारी घले, गोर्खा नगरपालिकाका मेयर राजनराज पन्त, एनआरएनए उपाध्यक्ष प्रेम गाहामगर, प्रोजेक्टका मिडिया संयोजक ओमप्रसाद थापा लगायत अतिथी र सहभागीले सालिक निर्माण प्रोजेक्ट सफल बनाउन आ-आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए ।

प्रोजेक्टका लागि गो फण्ड मी, नगद वा कम्युनिटीको बैंकमा ट्रान्सफर गरि सहयोग गर्न सकिने बताइएको छ ।त्यसैगरी बेलायतमा रहेका ब्रिगेड एसोसियसनहरु, नम्बरीका संस्थाहरु तथा बेलायतका सबै नेपाली संघ–संस्थालाई यस पुनित कार्यका लागि आर्थिक संकलनका निम्ति अनुरोध समेत समितिले गरेको छ ।

समितिका अनुसार यदि कुनै पनि व्यक्ति वा संघ संस्थाले १ हजार पाउण्ड भन्दा बढी आर्थिक सहयोग गरेको खण्डमा उक्त शालिकको मार्वलमा नाम लेख्ने र विशेष सम्मान गरिने छ ।

को हुन् भिसी थापा ?
थापाले भारतीय सेनामा सेवारत रहंदा २६ वर्षको उमेरमै भिक्टोरिया क्रस पाएका थिए । लुको युद्धको शुरुमा २५ एप्रिल १९१५ मा उनी 
फ्रान्समा तैनाथ थिए । उनको सैनिक टोलीमाथि विपक्षी जर्मन सैनिकहरुले गोलाबारी शुरु गरे । लड्दै जांदा उनी जर्मन नियन्त्रित क्षेत्रमा पुगिसकेका रहेछन् । उनी घाइते पनि थिए ।

उनले बेलायतको लेस्टरसायर रेजिमेन्टको दोश्रो बटालियनका एकजना नराम्रोसंग घाइते सैनिकलाई भेट्टाए । ती सैनिकले उनलाई आफ्नो ज्यान जोगाउन सुझाव दिए । तर, थापा दुश्मनको क्षेत्रमा उनीसंग एक रात, एक दिन संगै बसे ।
सेप्टेम्बर २६ का दिन एकाबिहानै उनले जर्मनहरुले लगाएको तारबार नाघेर ती घाइते सैनिकलाई ल्याएर राखे । त्यसपछि फेरी दुश्मनहरुको नियन्त्रणमा रहेको इलाकाभित्र पसेर उनले दुईजना घाइते गोर्खा सैनिकलाई पालैपालो सुरक्षित स्थानमा ल्याए । उनी फेरी गएर घाइते ब्रिटिश सैनिकलाई पनि दिउसो उज्यालोमै सुरक्षित स्थानसम्म पुरयाए ।

यही बहादुरीका लागि बकिङघम राजदरबारमा आयोजित एक समारोहमा ब्रिटिश नरेश किङ्ग जर्ज पांचौंले थापालाई भिक्टोरिया क्रस तक्मा प्रदान गरेका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *