लन्डनको गोर्खा घरमा आगलागी

लन्डन– साउथ इस्ट लन्डनको एल्थामस्थित भूतपूर्व गोर्खाहरुको घरमा आगलागी भएको छ ।

गएको मंगलबार साँझ साढे ५ बजे भएको आगलागीमा घर कामै नलाग्ने गरी ध्वस्त भएको छ । घरसँगै ग्रीन हाउस पनि आगलागीबाट खरानी भएको छ ।

चारवटा प्लट भाडामा लिएर भूपू गोर्खाहरुले त्यहाँ फलफूल तथा तरकारी खेती गर्दै आएका थिए ।