लन्डनको पशुपतिनाथ मन्दिरमा राजदूत डा.सुवेदीलाई जमराको माला:(फोटो/ भिडियो सहित)

शिब भण्डारी/ प्रकाश कंडेल

लन्डन । लन्डनको प्लमस्टिड स्थित पशुपतिनाथ मन्दिरले आफ्नो चार वर्षे कार्यकाल सकेर स्वदेश फर्कन लागेका बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीको विदाइ तथा सम्मान गरेको छ ।

लन्डनको प्लमस्टिडमा अवस्थित पशुपतिनाथ मन्दिरमा शनिवार आयोजित एक कार्यक्रमबीच राजदुत सुबेदीको विदाइ गरिएको हो । कार्यक्रममा मन्दिर को तर्फबाट मन्दिर व्यवस्थापन समिति अध्यक्ष नरेन्द्र कंडेल सहित पन्डितहरु,मन्दिर समितिका पदाधिकारी,ट्रस्टी लगायतले राजदुत सुबेदी दम्पतीलाई जमराको माला लागाएर विदाइ तथा शुभकामना दिए ।

सम्मान तथा विदाइ कार्यक्रममा भावुक देखिएका राजदूत सुबेदीले आफ्नो कार्यकालमा साथ दिने सबै प्रति आभार व्यक्त गरे । सहभागीको प्रशंसाले आफूमाथि थप जिम्मेवारी थपिएको महशुस भएको बताउंदै उनले मन्दिरमा एक थान घन्टी मायाको चिनो प्रदान समेत गरे, हिन्दू धर्ममा प्रत्येक धार्मिक अवसरमा मन्दिरमा घन्टी बजाउने परम्परा छ ।मन्दिरमा घन्टी बजाउँदा अनेकौं जन्मका पाप नष्ट हुन्छन् । सृष्टिको प्रारम्भ हुँदा सुनिएको आवाज त्यही घन्टीको ध्वनि हो उनले भने,म जहां भएपनि तपाईंहरुलाई सहयोग गरि नै रहनेछु ।’उनले थपे,

मन्दिर व्यवस्थापन समिति अध्यक्ष नरेन्द्र कंडेलले प्रतिकुल अवस्थाका बाबजुद आवश्यक सतर्कता र सावधानी अपनाउंदै कार्यक्रम गरिएको भन्दै राजदूत सुबेदीको प्रशंसा गर्दै उनले चार वर्षको अवधिमा दूतावासको संरचना परिवर्तनसंगै नेपाली समुदायसंगको सम्वन्ध पनि प्रगाढ बनाएको बताए ।

मन्दिर व्यवस्थापन समितिकी सचिव कल्पना त्रिपाठीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष डासु पाण्डेले स्वागत मन्तव्य दिएका थिए । उक्त अवसरमा मन्दिरका मूलगुरु ज्योतिष पन्डित निलहरि घिमिरेले राजदुत सुबेदीले गरेका काम कारवाही, उपलव्धि र बेलायत नेपाल कुटनीतिक सम्वन्ध विस्तार लगायतमा डा सुबेदीको सक्रियताबारे प्रशंसा गरेका थिए ।

कार्यक्रममा मन्दिर समितिका पण्डित आनन्द लोहनी पूर्व अध्यक्ष सहदेब गिरी, ट्रष्टी सदस्य विनोद ज्ञवाली,सह-सचिब जिवन वाग्ले,नारायण खरेल, कृष्ण खरेल,राधा सापकोटा, सुदेशा बजगाई,युवा सक्रिय सदस्य पंकज पौडेल,आजीबन सदस्य राजन खकुराल लगायतले शुभकामना दिए ।

असहज अवस्थामा पनि आवश्यक सतर्कतासहित सहभागी हुने कार्यसमितिका पदाधिकारी, ट्रस्टी एवम् सबै सहयोगीप्रति मन्दिर समितिले आभार प्रकट गरेको छ ।हेरौं मन्दिरमा सम्पन्न कार्यक्रमको एक लाईभ रिपोर्ट: