काठमाडौं । काठमाडौंको तिनकुनेमा बागमती नदीको पुलमुनि एक पुरुषको शव भेटिएको छ । आइतबार दिउँसो अन्दाजी साढे दुई बजे तीनकुनेस्थित खोलामा एक पुरूषको शव फेला परेको हो।
महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरका अनुसार ती पुरूषको पहिचान भइसकेको छैन।
‘आन्दाजी ३०-३२ वर्षका पुरूष हुन्। उनको शरीरमा त कही चोटपटक देखिएको छैन,’उनले भने,’पोष्टमार्टमपछि मात्रै मृत्युको कारण थाहा हुन्छ।’






