सूदुरपश्चिम समाज अष्ट्रेलियाद्वारा आछामको रामरोशनका बाढीपहिरो पीडितलाई राहत वितरण

तक्दीर अधिकारी
सिड्नी । सुदूरपश्चिम समाज अष्ट्रेलियाले अछामको रामरोशनका बाढी पहिरो पीडितलाई राहत वितरण गरेको छ । समाजले सञ्चालन गरेको अछाम वेलफेयर फन्ड मार्फत दाल, चामल , नुन तेल लगायत खाद्यान्न तथा लत्ताकपडा र भाँडाकुँडा सहयोग गरिएको हो । उक्त अभियानको लागि फन्ड मार्फत २ लाख १० हजार ५ सय १४ रुपैया संकलन भएको थियो भने खर्च २ लाख १९ हजार ५६० भएको छ ।

फन्डका संयोजक तथा समाजका संस्थापक सदस्य सुनिल बिष्टले आफु घटनास्थलमै पुगी २५ केजी चामल, ५ लिटर तैल, ५ किलो दाल, ५ प्याकेट नून, ३,३ वटा थाल, ग्लास, कटौरा, चम्चा, परिवारका सदस्य गुमाएका ८ परिवार लार्इ ब्लाङ्केट सहयोग गरिएको जानकारी दिए ।
परिवारका सदस्य गुमाएका ८ परिवार र अन्य भौतिक क्षती व्यहोरेका २५ जना गरी जम्मा ३३ जनालाई राहत प्रदान गरिएको विष्टले जानकारी दिए ।

गत भाद्र २ मा गएको बाढी पहिरोको कारण अछाम जिल्ला रामरोशनको सैनि बजार मा १७ जनाको निधन भएको थियो भने करोडौको भौतिक क्षति भएको थियो । संयोजक विष्टका अनुसार सुदूरपश्चिम समाज अष्ट्रेलियाले सञ्चालन गरेको अभियानमा एनआरएनए अष्ट्रेलियाले पनि सहयोग गरेको थियो । गाँउमा भएको दुख र पीडामा मलम लगाउने उद्धेश्य सहित उक्त अभियान सञ्चालन गरेको विष्टको भनाई छ ।