लन्डन। अल्डरसटको काउन्सिलरका लागि आउँदो वर्ष हुने निर्वाचनको लागि रश्मोर बरो काउन्सिलको वेलिङटन वडामा जीव बेल्वासे कञ्जरभेटिभ पार्टीको उम्मेदवार चयन भएका छन् ।
पार्टीको आन्तरिक प्रक्रियाबाट बेल्वासेलाई उम्मेदवार चयन गरिएको हो ।उम्मेदवार चयन भए पछि लन्डन नेपाल न्यूज संगको टेलिफोनमा बेल्वासेले भने,काउन्सिलर पदमा उम्मेवार बन्न इच्छुक पात्रहरुबाट प्राप्त आवेदनहरुमाथि अध्ययन गरी पार्टीले आफुलाई उम्मेदवार छनोट गरेको बताउंछन् ।उनको क्षेत्रमा करिब ४ हजार मतदाता छन् ।
कञ्जरभेटिभ पार्टीबाट उम्मेदवार चुनिएपछि आउँदो वर्ष मे महिनामा हुने निर्वाचनमा बेल्वासेले प्रतिस्पर्धा गर्नेछन् ।पार्टीको औपचारिक घोषणा भने हुन अझै बाकी छ ।
हेरौ तस्बिरमा स्थानिय नेता हरु संग बेल्वासे दम्पति
नेपालीहरुको उल्लेख्य बसोबास रहेको उक्त वडामा अहिले पनि कञ्जरभेटिभ पार्टीबाट निर्वाचित नेपाली समुदायकै प्रवेश केसी काउन्सिलर छन्। लेबर पार्टीको पकड रहेको उक्त वडामा बेल्वासले सहजै जीत हात पार्ने अनुमान गरिएको छ ।
ग्रेटर रश्मोर नेपाली कम्युनिटीका पूर्वअध्यक्ष उनी लामो समयदेखि रश्मोर क्षेत्रमा स्थानीय नेपाली र बेलायती समुदायसंग नजिक रहेर काम गर्दै आएका छन् ।दुइ दशक देखि बेलायत बस्दै आएका बेल्वासे अर्घाखाचीमा जन्मिएका हुन् ।
काठमाडौं- संविधान संशोधन प्रक्रिया माघ ७ गतेसम्मका लागि स्थगित गरिएको छ । सभामुख ओनसरी घर्ती र प्रमुख दलका नेताहरुबीच मंगलबार भएको छलफलबाट माघ ७ गतेपछिमात्र […]
नयाँदिल्ली–बेलायती युवराज विलियम र युवराज्ञी केट मिडल्टनले शनिबार प्रेमको प्रतिक मानिने ताजमहलको अवलोकन गरे । सात दिने भारत भ्रमणको अन्तिम दिनको अवसर पारेर ताजमहल पुगेको […]