लन्डन । क्लव फिप्टी यूकेले दशैंका अवसरमा शनिबार सांझ एक शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । लन्डन अल्पर्टनस्थित सन लाउन्जमा घटस्थापनाकै दिन कार्यक्रम भएको हो ।
संस्थाका अध्यक्ष उत्तम खड्काको सभापतित्वमा भएको कार्यक्रममा शुभकामना आदानप्रदान, विभिन्न व्यक्तित्वलाई सम्मान र डिजे गीत संगीत प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रम संस्थाका महासचिव भरत रोकाले सञ्चालन गरेका थिए ।






