रेडियो बिजिडब्लुएसको बार्षिकउत्सव सम्पन्न: अब मोबाइल एप्समा सुन्न सकिने

लन्डन । गत ५ अक्टोबर २०१६ का दिन युकेको एकमात्र नेपाली कम्युनिटी रेडियो बिजिडब्लुएसको मोबाइल एप्स सार्वजानिक गरिएको छ ।

रेडियोको ५ औ बार्षिक उत्सवको अवसरमा रजमोर वरो काउन्सिलकी मेयर श्रीमति जास्क्वी भसपर र नेपाली दुतावास लण्डनका प्रतिनिधि भूपेन्द्र घिमिरेले सामुहिक रुपबाट एप्सको सार्वजानिक गर्नुभयो ।

रेडियोको कार्यालय फान्ब्रोमा आयोजित समारोहमा रेडियो निर्देशक रिटार्यड मेजर सोनाम छिरिङ शेर्पाले रेडियोको बारेमा जानकारी गराउनुको साथै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

एन्ड्रोइड मोबाइलमा रेडियो विजिडब्लुएस टाइप गरि डाउनलोड गर्न सकिने जनाईएको छ । यस रेडियोलाई रेडियो विजिडब्लुएस डट को डट युके http://radiobgws.co.uk टाइप गरेर वेभसाइटमा पनि सुन्न सकिन्छ । युकेबाट बिएफविएस गोर्खा रेडियो, बिबिसी नेपाली सेवा र एकमात्र कम्युनिटी रेडियो बिजिडब्लुएस संचालनमा रहेका छन् ।

सो कार्यक्रम सन्चालन GRNC माहासचिव रन्जीता मल्ल ले गरेकी थिईन भने सभापतितो अध्यक्ष ओमप्रसाद थापा ले गर्नु भएको थियो। कार्यसमिती र सल्लाहकार हरूको बाकलो उपस्थिती को साथ गरियको थियो।यसै कार्यक्रम मा बोल्ने क्रममा काउन्सिलकी मेयर श्रीमति जास्क्वी भसपर ग्रेटर रशमोर नेपाली कम्युनिती र कम्युनीती रेडियो बि.जि.दब्लु ले गरेको काम को खुलेरै प्रशंनसा गरिन भने जती पनी रशमोर बासी नेपाली समुदाय लाई यस महान पर्व दशै तिहार को मंगलमय शुभकामना प्रर्कट ब्यक्त गरिकी थिईन भने पुर्व मेयर ले जस्तै यस कम्युनिती रेडीयो लाई मेयर चेयारोटी बाट सक्दो सहयोग पुराउने पर्तिवदता गरिकी थिईन।

नेपाली दुतावास लण्डनका प्रतिनिधि थर्त सेक्ट्ररी भूपेन्द्र घिमिरे बोल्ने क्रममा भन्नु भयो आज यस रेडियो एप्स बाट बिष्व का नेपाली को माझ बेलायत को गतीबिधी सुनांउनु सक्नु भनेको गौरव को कुरो हो र यस रेडियो स्थापना गर्ने सस्था बी॰जी॰डबल्यू॰एस॰लाई धन्यबाद भन्दै यस लाई निर्न्तता दिन हाम्रो नेपाली दुतावास लण्डन सक्ने सहयोग गर्नेछौ भन्दै बिजया दशमी र दिपावली को सुखद उपल्क्षेमा हाम्रो अनबिहाव नब नियुक्त राजदूत महामयम डा.श्री दुर्गा बहादुर सुबेदी साथै दुतावास परिवार को तर्फ बाट रशमोर बासी नेपाली समुदाय हरू मा मंगलमय शुभकामना तक्राउनु भएको थियो।

अध्यक्ष थापाले  अथिती, पाहुना सबैलाई धन्यबाद दिदै भन्नु भयो आज एक ढुग्गा ले तिन चरा मार्ने भनेझै पहिलो :- कम्युनिती र Radio BGWS लाई अपिसेली एप्समा अनयर गर्ने। दोस्रो:- बडा दशै तिहार २०७३ को उपल्यक्षमा मा शुभकामना आदान पर्दान गर्ने । तेस्रो:- आउदै गरेको जी॰आर॰एन॰सी॰को मेन कम्युनिती ईन्त्रग्रेशन ईभन Rushmoor 10k 2016 को भब्य तयारी सम्पन सबै तयारी अवस्था भएको जानकारी सम्पुर्ण मिडीया मार्फट जानकारी गर्ने उद्स्य ले यस कार्यक्रम गरीयको  उहाँले बताउनुभयो ।

यस रेडियो ले स्थापना काल देखी BGWS का नेत्रीतो देखी सदस्य हरूको ठुलो लगानी मा घन्दै £८५०००.०० भन्दा बढी लगानी गरी स्थापना गरेक बेलायत बासी नेपाली कम्युनिती को निम्ती ठुलो योग दान गरेको मा धन्यबाद साथै प्रसंनसा गर्नु भयो। साथैआज पाँच बर्ष सम्म भोल्न्तीयर रूपमा काम गरि यस रेडियो लाई संचालन को निम्ती मेजर रि सोनाम सेर्पा ,श्रीमती पर्मिला राई,श्रीमती गोमा राना ,श्रीमती जमुना पुन,श्रीमती पुस्पा गुरूड्ग,श्रीमती सिता थापा नयायुवा सुश्री सिला लिम्बु यस्तै अन्य भोल्टीयर प्रासारीका हरू लाई धन्यबाद दिदै । यस रेडियो संन्चालन को निम्ती फ़ण्डिंग को अती आवस्यक भएको हुदा बिषेस रशमोर बासी नेपाली को ठुलो दाईतो छ। र काउन्सेल र बेलायत बासी सबै नेपाली संग सस्था का प्रमुख हरूले आफ्नो कम्युनीती मा यस कुरा राखी आफ्नो कम्युनिती को निम्ती सुचना आदान प्रदानमा प्राप्त फाईदा लिने र यस रेडियो लाई आर्थिक र मानबिय सहयोग गरे पक्कै हाम्रो भाबी नया पुस्ता को निम्ती नेपाली भाषा र कल्चर को सेतुको भुमिका खेन्ने बिसवास हुने भन्नु भएको थियो।

अन्तमा रेडियो का मेनिजीड्ग डाईरेटर मेजर सोनाम सेर्पा ले सबै लाई धन्यबाद दिदै बिषेस BGWS परिवार GRNC परिवार रशमोर वरों काउन्सेल बिँषेस निबर्तमान मेयर मार्तिन टेईनत र GRNC अध्यक्ष ओम थापा लाई यसआर्थिक अनुदान को निम्ती धन्यबाद र यसतै अन्य संग सस्थाहरू ले पनी यस्तै सहयोग गरीदीनु भए यस रेडियो संचालन को निम्ती सहज हुने थियो। यस्तै सबैको एक आपस्मा शुभकामना आदान प्रधान गर्दै भेटधाट रेष्टुरन अल्डरसट का प्रोपाईतर GRNC सल्लाहकार सेर सुनार जि को सोधिष्ठ खानपिनको साथ कार्यक्रम सम्पन भएको थियो।