जनसम्पर्क समिति बेलायतले मेलमिलाप दिवस मनाउने

लन्डन– नेपाली जनसम्पर्क समिति बेलायतले ३९ औं राष्ट्रिय मेलमिलाप दिवस तथा अंग्रेजी नयाँ वर्ष २०१६ को स्वागतमा विशेष कार्यक्रम गरि मनाउने भएको छ ।nepali-Congress-flag_20110409091641[1]

मेलमिलाप दिवसको सन्दर्भमा कांग्रेस संस्थापक बीपी कोइरालाले ८ वर्ष लामो निर्वासनपछि २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको आह्वानसहित स्वदेश फर्किएको दिन को सम्झनामा नेपाली कांग्रेस तथा भ्रातृ संगठनहरुले विभिन्न कार्यक्रम गरि मनाउँदै आएका छन् ।

जनवरी ३ तारिख बिहान ११ बजे एल्डरसटस्थित भेटघाट रेस्टुरेन्टमा विशेष कार्यक्रम आयोजना गरेको नेपाली जनसम्पर्क समिति बेलायतका महामन्त्री राजकुमार त्रिपाठीले लण्डन नेपाल न्युज डट कम संगको टेलिफोन कुराकानी मा बताए । सो अवसरमा युरोपका विभिन्न ठाउँमा रहनुभएका जनसम्पर्क समितिका सदस्यहरुलाई कार्यक्रममा भाग लिन पत्राचार गरिसकेको पनि त्रिपाठीले जानकारी दिए। ।

यता नेपाली जनसम्पर्क समिति बेलायतको एकता अधिवेशनका संयोजक तथा विभागीय सदस्य विज्ञान प्रसाईलाई सम्पर्क गर्दा आफूलाई जनसम्पर्क समिति बेलायतको नाममा आयोजना गरिएको कार्यक्रमबारे केही जानकारी नभएको बताउदै,नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशन केन्द्रसँग समन्वय गरी मिति तय गरी चाँडै नै सम्पन्न गराउने समेत बताए ।