लण्डन । गैरआवासीय नेपाल संघ (एनआरएनए) यूकेको अध्यक्षमा युबा व्यवसायी ओमन गौचन (हेन्सन)ले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
विगत १७ वर्ष देखि बेलायतलाई कर्मक्षेत्र बनाउँदै आएका गौचनले ‘निश्वार्थ ,निरन्तरता ,निष्पक्षता एनआरएनएमा मेरो प्रतिबद्धता र परदेशमा भएका नेपाली समाज र नेपालीका लागि घर र देशको लागि जे आवश्कता र समस्या छन् ती तमाम समस्याहरुलाई बेलायत स्थित रहेका बिभिन्न संघसंस्था र नेपालीहरु संगै मिलेर समाधान गर्ने’ मुख्य चुनाबी एजेन्डाका साथ हेन्सनले सन् २०२३- २०२५ का लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको लण्डन नेपाल न्यूजलाई बताए ।
साथै अहिले एनआरएनएमा उठिरहेको पारदर्शिता र जवाफदेहिता मुख्य मुद्दा रहेको पनि उनको भनाइ छ। हेन्सन भन्छन् झण्डै दुई दशक लामो बेलायत बसाइँको अनुभव एनआरएनए यूकेको सुधारमा लगाउनेछु ।
हेन्सनले निर्बाचित भएपछि सस्थालाई आर्थिक रुपमा सुदृढ बनाउने तर्फको आफ्नो प्रयास जारी राख्ने,समेत उनको भनाइ छ।
गैरआवासीय नेपाली संघ एनआरएनए यूकेको चुनाव आगामी जुलाई २२ तारिखमा सम्पन्न हुँदैछ।






