तक्दीर अधिकारी
सिड्नी । पोलिटिकल्स साईन्स सोसाईटी नेपाल (पोस्सोन)को शाखा अस्ट्रेलियामा गठन गरिएको छ । देश निर्माणमा आवश्यक सहयोग गर्ने मुख्य उद्धेश्य बोकेको संस्थाले १८ जुनमा यसफिल्डको नमस्ते रेष्टुरेण्टमा अस्ट्रेलियामा रहेका विभिन्न नेपाली अगुवा एवम् प्रतिष्ठित व्यक्तिहरुको प्रथम भेला गरी औपचारिक रुपमा समिति घोषणा गरेको हो । भेलाले प्रकाश भारतीको अध्यक्षतामा गठन गरेको समिति १९ सदस्यीय रहेको छ ।
समितिको उपाध्यक्षहरुमा केशव अधिकारी, मिन बहादुर क्षेत्री, अनन्त गुरुङ, महासचिवमा दयाराम सिमखडा, सचिवमा कृष्ण रिमाल र कोषाध्यक्षमा चन्द्र खत्री रहेका छन् । त्यस्तै सदस्यहरुमा नविन गुरुङ, प्रज्वल भण्डारी, सुवास गुरुङ, सुजता बस्नेत केसी, कल्याण विक्रम कार्की, प्रतिभा बौद्धाचार्य, सुदीप खड्का, अनु खड्का ढुंगाना, सुदीप सिङ बिष्ट,आनन्द सापकोटा लगायत रहेका छन् । पोस्सोन अस्ट्रेलिया शाखा गठन कार्यक्रम सयोंजक तथा संस्थापक अध्यक्ष समित केसीले सञ्चालन गरेको कार्यक्रममा बोल्दै नेपालबाट आएका पोस्सोनका केन्द्रीय अध्यक्ष सुवास ढुगांनाले संस्थाको बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देव गुरुङले अस्ट्रेलियामा रहेका नेपाली सघंसंस्थार्ला गैर राजनीतिक संस्था बनाउने भनिएपनि अधिकाशं संस्था राजनीति सगं जोडिएको भन्दै राजनैतिक र गैरराजनैतिक संस्थाहरुको वर्गीकरणमा भूमिका खेल्न आग्रह गरे । उनले एनआरएनए संस्था हातेमालो गरेर अगाडी बढ्ने भन्दै यस्तै संस्थाहरुसगं सहकार्य गरेर अगाडी बढ्न आफुले अध्यक्षमा मनोनयन दिएको बताए ।
कार्यक्रममा नवगठित समितिले प्रतिबद्धता समेत व्यक्त गरेका थिए । महासचिव दयासिहं सिम्खडाले अस्ट्रेलियामा सक्रिय रुपमा संस्थालाई अगाडी बढाउनुपर्ने बताए । संस्थाको सल्लाहकारहरुमा संस्थापक अध्यक्ष समित केसी, कृष्ण ढुंगाना, धर्मराज अधिकारी, राजु तामाङ, सन्तोष आचार्य र तक्दीर अधिकारी, चयन भएका छन् । 






