नर्थसोर नेप्लिज कम्युनिटी अध्यक्षमा हिरा गिरी चयन

सिड्नी । नर्थसोर नेप्लिज कम्युनिटी सिड्नी अस्ट्रेलियाको अध्यक्षमा हिरा गिरी निर्वाचित भएकी छन् । हालै सम्पन्न कम्युनिटीको अधिवेशनले गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा उमनाथ सापकोटा र उद्धव भट्ट, महासचिवमा प्रविन ढुंगाना, कोषाध्यक्षमा सुमन पौडेल तथा सचिवमा राधिका खरेल जोशी र जनक पाण्डे निर्वाचित भएका छन् । समितिको सदस्यहरूमा अनन्त के.सी., अञ्जन ढुंगाना, भरत अधिकारी, बिनिता सुवेदी, विष्णु विवेक सेडाई, विवश लामिछाने, भुवन बराकोटी, दुर्गा गैरे, नवराज पोखरेल, निशान्त बर्तौला, प्रविण पन्त, प्रदिप कंडेल, प्रमोद श्रेष्ठ, प्रतिक्षा पाण्डे, राजु देवकोटा, समिर बस्नेत, सुनिता के.सी., उपेन्द्र थापा र युवराज श्रेष्ठ चयन भएका छन् । त्यस्तै सल्लाहकार समिति समेत चयन गरिएको छ । जसमा प्रेम सापकोटा, गणेश के.सी., रामप्रसाद घिमिरे, कुमार गिरी, धुर्व लोहोनी, सुदिप कार्की, कपिल नेपाल, शिशिर नेपाल, विकाश के.सी., निता के.सी., बिनोद घिमिरे, टिका रेग्मी, चन्द्र नेपाल, बिनोद मैनाली, सरोज पाण्डे, र श्री नापित लगायत छन् । लामो समयदेखि अस्ट्रेलियाका विभिन्न कर्ममा क्रियाशिल संस्थाकी नवनिर्वाचित अध्यक्ष हिरा गिरीले लण्डन नेपाल न्यूजसंगको कुराकानीमा अस्ट्रेलियामा क्रियाशिल सम्पूर्ण नेपाली संघसंस्थाहरुसंगको सहकार्य र समन्वयमा सामाजिक क्षेत्र र परोपकारी क्षेत्रमा अझै शसक्त भएर काम गर्ने बताईन् । उनले आफुलाई सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित गराउन भुमिका निर्वाह गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै कूशलतापूर्वक जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।