सिड्नी । तमु समाज सिड्नीले तमु ल्होछार पर्वको अवसरमा आयोजना गरेको कार्यक्रमको भव्य तैयारी अन्तिम चरणमा पुगेको छ ।तमु ल्होछारका अनुसार १२ वर्ग चक्र मध्ये विरालो वर्गलाई विदाई गर्दै यस वर्ष गिद्ध वर्गलाई स्वागत गरिदै छ । समाजले सांस्कृतिक पर्व तमु ल्होछारको अवसरमा यही जनवरी ६ तारिख माराना अडोटेरियममा बेलुकी ५ बजे देखि ‘ल्होछार कल्चरल क्र्यु’ कार्यक्रमको आयोजना गरेको छ ।
समाजका महासचिव अर्जुन गुरुङका अनुसार अहिले कार्यक्रमको तैयारी तिब्र रुपमा भईरहेको छ । अतिथिहरुको निमन्त्रणा, कलाकारहरुको निमन्त्रणासगैं, कार्यक्रम सम्पन्न गर्न विभिन्न समिति एवम् उपसमितिहरुलाई दिएको जिम्मेवारी सबैले पुरा गरेको र अब कार्यक्रमको प्रतिक्षामा रहेको उनले बताए । कार्यक्रममा तमू संस्कार, संस्कृति र परम्परा झल्किने बृहत सांस्कृतिक कार्यक्रमको साथमा स्योकै (रात्री भोज), शुभकामना आदानप्रदान कौडा किङ गणेश गुरुङको विशेष प्रस्तुती तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति सहित अन्य विभिन्न रमाईलो कार्यक्रमको साथमा ल्होछार मनाउन लागिएको वताइएको छ।
नेपालको राष्ट्रिय पर्व त्यसमा पनि गुरुङ समुदाय विशेष पर्वको उत्थान संगै नयाँ पुस्तामा समेत पुस्तानान्तरण गर्ने प्रमुख उद्धेश्य रहेको उनको भनाई छ । उक्त अवसरमा परम्परागत पुजा, तमु भेष भुषा सहित विविध साँस्कृतिक कार्यक्रम, विविध मनोरन्जनात्मक कोशेलीहरु, तमु परिवारबाट बनेका खानाका विभिन्न परिकारका साथमा अन्य कार्यक्रम समेत रहनेछन् । हरेक वर्ष अस्ट्रेलियामा तमु समाज सिड्नीले ल्होछार भब्यताका साथ मनाउदै आएको छ । कार्यक्रममा उपस्थितिको लागि अस्ट्रेलियाबासीमा तमु समाज सिड्नीले निमन्त्रणा समेत गरेको छ ।

अनलाइन टिकट को लागि तलको लिन्कमा जानु होला
https://www.trybooking.com/COFCR






