तक्दीर अधिकारी
सिड्नी । सन् २००८ बाट सिड्नीमा सुरु भएको क्विन्सफोर्ड कलेजले सेवा विस्तार गर्ने भएको छ । कलेजले एकैपटक चारवटा सहरमा सेवा विस्तार गर्न लागेको शुक्रबार आयोजिक एक कार्यक्रममा कलेजका प्रिन्सिपल विकास भण्डारीले जानकारी दिए ।
प्रिन्सिपल भण्डारीका अनुसार कलेजले मेलवर्न, ब्रिजवन, एडलेटलगायतको सहरमा सेवा विस्तार गर्ने लागेको छ । कलेज विस्तारबारे प्रिन्सिपल भण्डारीले भने, ‘जति राम्रो शिक्षा लियो, त्यत्ति नै राम्रो काम पाइने, सिप सिकिने हुँदो गुणस्तरीय र प्रयोगात्मक शिक्षा दिन क्लिन्सफोर्ड कलेज जहिले तत्पर रहेको छ ।’
स्थापनाकालदेखि नै राम्रो विद्यार्थी संख्या भएको र अहिले लगभग पाँच हजार विद्यार्थी रहेको प्रिन्पिसल भण्डारीले कार्यक्रममा जानकारी दिए । एजुकेशन कन्सल्टेन्सीका प्रतिनिधि, विद्यार्थी र सरोकारवालाहरु उपस्थिति रहेको कार्यक्रममा एजुकेशन कन्सल्टेन्सीका प्रतिनिधिहरुले कलेजको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे ।
टिम एजुकेशन कन्स्ल्टेन्सीका निर्देशक सत्यप्रकाश कँडेलले नेपालीहरु अस्ट्रेलिया आएर धेरै क्षेत्रमा सफलता हासिल गरेका बताए । यो सफलता हासिल गर्नुमा निजी कलेजको महत्वपूर्ण योगदान रहेको उनले बताए ।
कलेजमा एकान्टिङ, कम्युनिटी सर्भिस एन्ड हेल्थ, हस्पिटालिटी, इन्फरमेशन टेक्नोलोजी, म्यानेजमेन्ट, सोसियल मिडिया मार्केटिङको पढाइ हुन्छ । यसैगरी छोटा कोर्षहरु कफी बनाउने सिप, रेस्पोन्सिबल सर्भिस अफ अलकोअल, म्यानुअल हेन्डलिङ, फस्ट एडजस्ता व्यवसायिक तालिम दिइन्छ ।
कलेजबाट यस्ता छोटो कोर्षको तालिम सकेपछि विद्यार्थीले तुरुन्तै काम पाउने सम्भावना रहन्छ । यस्ता तालिम लिइसकेका विद्यार्थी काम गर्दै अध्ययनलाई निरन्तरता दिन सक्ने बताइएको छ ।






