लन्डन । नेपाली संस्कृति केन्द्र, बेलायत तथा पीएसके आर्टको संयोजकत्वमा ुनेपाल यात्रा ९यात्रा०ु कला प्रदर्शनी बेलायतको हथ थियेटरमा हुन गइरहेको छ । यस प्रदर्शनीमा कलाकारहरू पि। सिंह तथा रोषलिन सिंहका चित्रका माध्यमबाट नेपाल र नेपाली संस्कृति प्रबर्धन गर्ने लक्ष्य राखिएको नेपाल सांस्कृतिक केन्द्रले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘बुबा र छोरीको यो कलाकार जोडीले स्केच, पानीको रंग र एक्रिलिक पेन्ट्सको माध्यमबाट नेपालको प्राकृतिक सुन्दरता, नेपाली कला तथा संस्कृति बारे चिनाउने प्रयत्न गर्दैछन्’ नेपाली संस्कृति केन्द्रका अध्यक्ष निर्मल कुमार थापा भन्नुहुन्छ ।
वास्तुगत रूपमा धनी प्राचीन मन्दिर तथा मठहरूस विभिन्न जातीय समूहहरूको प्रतिनिधित्व गर्ने चित्र र परम्परागत पोशाक अदिको प्रदर्शनीले नेपालप्रति जागरूकता जगाउने र बेलायतबासीलाई नेपालबारे जानकारी गराउँदै नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने प्रयत्न गर्ने यस प्रदर्शनीको उदेश्य रहेको छ । विभिन्न आकारका ४० वटा कलाकृतिहरू २४ सेप्टेम्बरदेखि १० अक्टुबरसम्म द हथ थियेटरमा प्रदर्शन गरिनेछू, पेशाले सफ्टवेयर इञ्जिनियर पि। सिंह भन्नु हुन्छ । उहाँ आफ्नो फुर्सतको समयमा शौखको रूपमा पेन्टिङ गर्ने गर्नुहुन्छ ।
हामी धेरै आशावादी छौं कि प्रदर्शनीले केही हदसम्म बेलायतमा नेपाललाई प्रबर्धन गर्न मद्दत पुर्याउँनेछ र नेपाल सरकारको ‘नेपाल भ्रमण २०२०’ अभियानमा पनि केही योगदान पुर्याउँनेछ”, उहाँ थप्नुहुन्छ।
अर्का कलाकार १५ वर्षिया रोषलिन सिंह बेलायतको निजी स्कूल वर्थमा ११ कक्षाका विद्यार्थी हुन् । उनी आफ्नो कलाकृति प्रदर्शनमा आफ्नो बुवासँग सामेल हुनपाएकोमा आफूलार्इ भाग्यशाली ठान्छिन् । रोषलिन बाल्यकालदेखि नै चित्रकलामा सौखिन थिइन र प्राथमिक बिद्यालयमा हुँदा नै बेलायतमा प्राथमिक तहका बिद्यालय स्तरीय ‘व्हेलफेस्ट कला प्रतियोगिता’ जितेकी थिइन् ।
‘मलाई लाग्छ कि मेरो जीसीएसईको लागि कला विषय लिनुले वास्तवमै मलाई ठूलो सुधार गर्न मद्दत गरेको छ किनकि म कलाको नयाँ शैलीहरू सिक्दै छु, नयाँ चीजहरूको प्रयोग गर्दा म उत्साहित हुने गर्दछु । र, बिभिन्न कलाकारहरूको बारेमा सिक्दैछु पनि । सबैको शैली फरक छ’ रोषलिनले भनिन् ।






