लन्डन । एनआरएनए यूकेले नयां नेतृत्व पाएको छ । एनआरएन यूकेको अध्यक्षमा पुनम गुरुङ तथा महासचिवमा फडिन्द्र भट्टराई विजयी भएका छन् ।
मतगणनाको अन्तिम नतिजाअनुसार अध्यक्ष निर्वाचित पुनमले ४५५१ मत प्राप्त गरेकी छन् भने सुनारले ४३४८ मत ल्याए । उपाध्यक्षमा प्रेम गाहा ३५५९ र सुनिलबाबु खड्का २७५७ मत ल्याएर विजयी बनेका छन् । महिला उपाध्यक्षमा रोजिना प्रधान राईले ४४४४ मत ल्याएर जितेकी छन् । स्कटल्यान्डबाट केन्द्रीय उपाध्यक्षमा मोहन कार्कीले जितेका छन् । महासचिवमा फडिन्द्र भट्टराई ३९७५ मत प्राप्त गरी विजयी बने ।
सचिवमा जित रानाभाट ३२०९ र कोशलेश्वर ढकाल ३२१३ मत ल्याएर निर्वाचित भए । महिला सचिवमा रन्जिता मल्ल ४४९६, कोषाध्यक्षमा तेजेन्द्र रोका ३५८७ र सहकोषाध्यक्षमा शकुन्तला गुरुङ ३९३६ मतसहित विजयी बने । युवा संयोजकमा नवीन गुरुङ ४३६८ र महिला संयोजकमा प्रसुना कंडेलले ३३८५ मतसहित जितेका छन् । सदस्यमा सरस्वती केसी ४०९३, अमृता गिरी ३८४०, गोमा पौडेल ३८३०, प्रकाश कंडेल ३३९९ , कोपिला वनेम ३२६०, लालबहादुर गुरुङ ३०३४३, कृष्णप्रसाद खरेल २८२९, डा सुनिलकुमार शाह ३०९३, हेमबहादुर लिम्बु ३२१९ , चन्द्रकला लिम्बू ३२१०, तारामैया गुरुङ २९५७, ज्ञानेन्द्र आले मगर २६६६ मत ल्याएर विजयी बनेका छन् । आइसिसी सदस्यमा लिलादेवी गुरुङ, सुशिला राई, योगकुमार फगामी, दयानिधि सापकोटा, ललित न्यौपाने, अर्कराज तिम्सिना र सुरोज मास्के निर्वाचित भए । इङ्ल्यान्ड राज्य परिषद अध्यक्षमा दिपक श्रेष्ठ निर्वाचित भए । प्रतिस्पर्धी भिम सारुको २९०५ विरुद्ध श्रेष्ठले ३१२० प्राप्त गरे ।
उपाध्यक्षमा लालबहादुर गुरुङ ३६३७ मतसहित विजयी बने । सचिवमा गोबिन्द शर्मा खरेल २९५६ ल्याएर निर्वाचित बने । कोषाध्यक्षमा ध्रुवहरी बास्कोटा २७०७, सहकोषाध्यक्षमा चन्दन गुरुङ ३७६० मत प्राप्त गरी जिते । सदस्यमा वन्दना केसी ४६४२, मोहन ओली ३५५४, प्रकाश न्यौपाने २९३४ र सिताकुमारी पन्त ३८२२ मतसहित विजयी भए ।






