लण्डनस्थित अल्डरसटमा नेपालमा गएको भूकंप पीडितहरुको सहयोगका लागि अल्डरसट टेस्को सुपरमार्केटमा काम गर्ने नेपाली स्टाफहरुको सक्रियतामा गएको बैंक होलिडे वीकेन्डमा चन्दा संकलन कार्य गरिएको थियो । चन्दा संकलन कार्यक्रम शनिबार, आईतबार अनि सोमबार गरी तीन दिन सञ्चालन भएको अल्डरसटका नेपालीहरुले बताए । तीन दिनको अवधिमा ६ हजार ८ सय साढे ९५ पाउण्ड जम्मा भएको जनाइएको छ ।
विपत्तिका बेला आफूले जे सकिन्छ त्यही गर्नु नै मानवीय धर्म र कर्तव्य हो । यसै कुरालाई आत्मसात गर्दै उक्त टिमले यतिबेला विभिन्न स्थानका भूकम्प पीडित समुदायमाझ पुगेर राहतको मल्हम लगाउन नपाएपनी आफ्नो कर्मथलो बेलायतमा समय मिलाएर हात हातमा डोनेशन बोक्स ली रकम जम्मा गरेको बताए |
त्यस क्षेत्रका नेपालीहरुले सोचेको भन्दा धेरै राम्रो रकम संकलन गर्न सफल भएको भन्दै संकलित रकम टेस्को सुपरमार्केटका कस्टुमर सरर्भिस म्यानेजर आशलाई हस्तान्तरण गरिएको थियो । उक्त रकम डिईसी (डिजाष्टर इमरजेन्सी कमिटी) नेपाल अपिलको माध्यमबाट नेपालमा पठाईनेछ |







