पाल्पाली भन्ज्याङ युकेद्वारा राहत कोषमा दुई लाख रुपैया हस्तान्तरण

sahayog1

लण्डन |

लण्डनस्थित नेपाली राजदूतावासमा नेपालमा गएको भूकंप पीडितहरुको सहयोगका लागि विपत्तिका बेला आफूले जे सकिन्छ त्यही गर्नु नै मानवीय धर्म र कर्तव्य हो भन्दै पाल्पाली भन्ज्याङ युकेद्वारा प्रधानमन्त्री राहत कोषमा करिव दुई लाख रुपैया सस्थाका महासचिव बाचस्पति रेग्मीद्वारा बेलायतका लागि नेपाली कार्यवाहक राजदुत तेजबहादुर बहादुर क्षेत्रि सम्क्ष हस्तान्तरण गर्नु भयो l

sahayog

सहयोग ग्रहण गर्दै कार्यवाहक राजदुत तेजबहादुर बहादुर क्षेत्रिले पीडितहरुको लागि आएको रकम हिनामिना हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै भने,“ रकम संकलन कार्यको स्वागत गर्दछु र सो रकम यस विपत्‌बाट प्रभावितहरूको सहयोगको लागि मात्रै सदुपयोग हुने विस्वास दिलाउनुभएको थियो |

sahayog2

तस्बिर :एभरेस्ट गौतम