लण्डन | जून २८ मा बिश्व प्रसिद्ध हल ” रोयल अल्बेर्ट हल” लण्डनमा भुकम्प पिडित का लागि पहिलो नेपाली सांगीतिक कार्यकम हुने भएको छ |
गोर्खा जिल्लाका भूकम्प पिडितहरुको सहयोगार्थ हेल्प नेपाल नेटवर्क युकेको संयोजकत्वमा नेपाली सांगीतिक जगतका चर्चित व्यक्तित्वहरु दिपक श्रेष्ठ, ओम बिक्रम बिस्ट, योगेश्वर अमात्य, दिपक थापा मगर, जेम्स प्रधान,सुजिल कर्माचार्य, तुस्र्णा गुरुङ लगायतका गायकहरुले बेलायतको प्रसिद् रोयल अल्बर्ट हलमा पहिलो पटक सांगीतिक प्रस्तुति गर्ने भएका छन् |कार्यक्रममा सहभाग िहुन सबै गायकगायिका तथा व्याण्डका अन्य सदस्यहरु जुन महिनाको तेस्रो साता लण्डन आइपुग्ने छन । ‘भूकम्पको पीडाले सिंगै नेपाल विचलित भैरहेका बेला प्रवासमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरुसंग सुखदुख साट्न र सहयोग जुटाउन हामीले लण्डनमा यो कार्यक्रम गर्न लागेका हौं,’
लण्डनको अतिनै महँगो रोयल अल्बर्ट हलमा करिब ४,००० दर्शकहरुले सांस्कृतिक कार्यक्रम एक साथ् हेर्न सक्ने छन् भने नेपालीहरुको इज्जत र प्रतिष्ठाको बिषय संग गासिएको कुरा आयोजकले जनाएका छन l
कार्यक्रमको संयोजकत्व हेल्प नेपाल नेटवर्कको तर्फबाट बीबीसीका भगिरथ योगी र कोषाध्यक्ष सचिन श्रेष्ठले गर्नु भएको छ भने सांगीतिक तर्फबाट योगेश्वर अमात्यले गर्नु भएको छ l यसै बिषय मा जानकारी दिन ईलिङ स्थित मोन्टिज रेस्टुरेन्ट मा भएको पत्रकार सम्मेलनमा उक्त कार्यक्रम सफल गराउन सबैको सहयोगको अपेक्षा गर्दै कार्यक्रम सफल भएमा करिब ७०,००,००० ( सत्तरी लाख ) बचत हुन् सक्ने र उक्त रकम गोर्खा जिल्लामा बिध्यालय पुननिर्माण गर्न सहयोग गर्ने कुरा आयोजकले जनाएका छन |
रोयल अल्बर्ट हलमा हुने यो कार्यक्रम सबै नेपालीहरुका लागि इज्जत र प्रतिष्ठाको विषय भएको भन्दै हेल्पनेपाल नेटवर्क युकेका सल्लाहकार सूर्य गुरुङले सो सांगीतिक कार्यक्रममा प्रत्यक्ष सहभागी भई भूकम्प पीडितहरुको आँशु पुछने काममा हौसला बढाइदिन नेपाली समुदायका सबै सदस्य तथा संघसंस्थाहरुलाई आग्रह गरेका छन ।
कार्यक्रमको टिकट मूल्य २५ पॉउण्ड देखी ४५ पॉउण्ड सम्म छ ,टिकट लिन इच्छूक हुनेहरुले ” रोयल अल्बेर्ट हल” को वेबसाइट www.royalalberthall.com बाट पनि लिन सकिने आयोजकले बताए |








