चिनियाँलाई नेपाल भ्रमणको निम्तो

Vice-chairman of Madhesi Janaadhikar Forum-Democratic Jitendra Narayan Dev briefs media after a High Level Political Dialogue meeting between Nepali Congress, CPN (UML), UCPN (Maoist) and Madhesi Janadhikar Forum (MJF) - Democratic to resolve issues related to the New Constitution Draft held on Monday at Singha Durbar, Kathmandu. Photo: Kumar Shrestha, RSS

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवले चिनियाँलाई नेपाल भ्रमण गरी यहाँको प्राकृतिक छटा, साहसिक र सांस्कृतिक पर्यटनको रसास्वादन गर्न आग्रह गर्नुभएको छ ।

नेपालको पर्यटन प्रवर्द्धनका निम्ति बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गरेको कार्यशालामा उहाँले विद्यमान पारस्परिक सम्बन्धलाई थप सुदृढ तुल्याउन दुवै पक्षबाट सहकार्य भइरहेको बताउनुभयो ।

सो अवसरमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले नेपालको पर्यटन प्रवद्र्धनमा राजदूतावासले गर्दै आएका क्रियाकलापबारे प्रस्तुति दिनुभएको थियो । कार्यशालामा चिनियाँ राष्ट्रिय पर्यटन प्रशासन, विश्व पर्यटन साझेदारी, चिनियाँ अन्तर्राष्ट्रिय पर्यटन सेवा, चिनियाँ युवा यात्रु सेवा, चिनियाँ सञ्चारकर्मीका साथै नेपाल र दक्षिण एशियाली मुलुकमा पर्यटन सेवा उपलब्ध गराइरहेका उद्यमी व्यवसायीको सहभागिता थियो ।