काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले सही ढंगले काम गरिरहेको दावी गरेका छन् ।
मन्त्री ज्ञवालीले सरकारको नौं महिने कार्यकालमा संघीयता कार्यान्वयनका लागि आधार निर्माण गरिएको पनि स्पष्ट पारे ।
यही अवधिमा सरकारले अन्तराष्ट्रिय र छिमेकसँगको सम्बन्धलाई प्रभावकारी बनाउन बुधबार प्रदेश ५ को पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले सामाजिक सुरक्षा कार्यक्रम लागू गरेर सरकारले ३५ लाखभन्दा बढि श्रमिकहरुको हकको सुनिश्चित गरेको पनि बताए ।
मन्त्री ज्ञवालीले मौलिक हकसँग सम्बन्धित कानुन निर्माण तथा वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन पनि सरकारले महत्वपूर्ण उपलब्धि हासिल गरेको सो क्रममा बताए ।






