बर्लिन, २४ जेष्ठ । युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि स्पेनिस क्लव बार्सिलोनाले जितेको छ । यस सिजनको इटालीयन सिरी ए च्याम्पियन युभेन्टसलाई ३-१ ले पराजित गर्दै बार्सिलोनाले पाँचौ पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो । जर्मनीको बर्लीनमा गएराती भएको फाइनल खेलमा बार्सिलोनालाई विजयी गराउन ईभाँ राकिटीच, लुईस सुवारेज र नेईमारले एक एक गोल गरे ।
युभेन्टसको लागि अल्भारो मोराटाले एक गोल फर्काएका हुन् । बार्सिलोनाको यो उपाधि पछिल्लो ६ वर्षमा तेस्रो च्याम्पियन्स लिगको उपाधि हो । यो सिजन स्पेनिस ला लिगा र कोपा डेल रे को उपाधि जितिसकेको लुईस एन्रीकेको टोलीका लागि यो उपाधि वर्षको तेस्रो उपाधि हो ।
उता इटालियन लिग र कपको उपाधि जितेको युभेन्टस भने वर्षको तेस्रो उपाधि जित्न असफल रह्यो । गएरातीको हारसँगै युभेन्टस च्याम्पियन्स लिगको फाइनलम सर्वाधिक ६ पटक पराजित हुने टोली बनेको छ । ८ पटक फाईनलमा पुगेको युभेन्टसले दुई पटक उपाधि उचालेको छ । उता समान ८ पटक नैं फाईनलमा पुगेको बार्सिलोना भने ५ पटक विजयी बनेको छ ।
स्टार खेलाडीले बार्सिलोनालाई उपाधि दिलाए






