किन दिए चर्चित गीत/गजलकार नृपेश उप्रेतीले एनआरएनए युकेको सदस्य पदमा उम्मेदवारी

लन्डन । एनआरएनए भन्नासाथ बुद्धिजीवी, पेशाकर्मीहरुको सहभागिता कम व्यापारी तर पैसावालहरुको बढी स‌ंलग्नता भएको संस्था बुझिन्छ । तर आसन्न एनआरएनए युकेका केही शिक्षित र बौद्धिक उम्मेदवार पनि चुनावी मैदानमा छन् । यस्तैमा एक उम्मेदवार हुन् गीत गजल लेखेर बेग्लै पहिचान बनाएका पत्रकार नृपेश उप्रेती ।
उप्रेतीले आगामी सेप्टेम्बरमा १४ मा हुन लागेको एनआरएनए यूके निर्वाचनमा सदस्य पदमा उम्मेदवारी दिएका  हुन् । ब्यक्तिगत स्वार्थभन्दा सामाजिक हितका लागि दिलोज्यान दिन मन लाग्ने गरेकाले एनआरएनए युकेमा उम्मेदवारी दिएको उनको भनाइ छ । एनआरएनए युकेलाई सबै किसिमका नेपालीहरु अट्ने समावेशी थलो बनाउन पनि आफूले सदस्य पदमा उम्मेदवारी दिएको उनले बताए ।
चुनावी अभियानका क्रममा प्रचारप्रसारमा व्यस्त उप्रेतीले एनआरएनएमा सबैको अपनत्व र पहुँच बढाउनु पनि आफ्नो उद्देश्य रहेको बताएका छन् । कुनै समयका सक्रिय पत्रकार नृपेश उप्रेती अहिले गीत गजल लेखेनमा निकै सक्रिय छन्। उनी यो बेलाका चर्चित गीतकार तथा गजलकार हुन् भने यदाकदा संगीत पनि गर्ने गर्छन्।
नेपालका चर्चित कलाकारहरू शिव परियार, प्रमोद खरेल, अन्जु पन्त, राज सिग्देल, हिमाल सागर शर्मिला बर्देवा लगायत नेपाल आइडल रवि ओड आदीले उनका गीत गजलहरू गाएकाछन्। उनका ६० वटा भन्दा बढी गीतहरू बजारमा आइसकेका छन् भने दसैं लगत्तै प्रदर्शन हुने “पोइ पर्यो काले” चलचित्रमा शिर्षक गीत पनि लेखेका छन्। केही समय अगाडि उप्रेतीको संगीत र नेपाल आइडल २ का चर्चित गायकहरू मीनराज पौडेल र कृशल कडेलको आवाजमा आएको गीत “बरिलै” निकै लोकप्रिय बनेको थियो। सदस्यका उम्मेदवार उप्रेतीको गजल सङ्ग्रह मुसाफिर अघिल्लो बर्ष प्रकशित भएको थियो। समाजिक क्षेत्रमा पनि उप्रेती निकै सक्रिय छन्।
उनी मिडल्याण्ड केन्द्रित साझा नेपाली समाजका सचिब हुन् भने पिटरबरो नेपाली समाजका सल्लाहकार एबम पुर्व महासचिब हुन्। नेपालमा रहँदा देशान्तर सप्ताहिक, हिमाल खबर पत्रीका जस्ता पत्रीका र च्यानल नेपाल जस्ता टेलिभिजनका लागि सक्रिय पत्रकारिता गरेको अनुभव पनि उप्रेतीसंग छ। उनी पत्रकार महासंघ युकेको सभासद हुन् भने यसै संस्थामा रहेर दुई कार्यकाल सदस्य पदमा बसेर काम गरिसकेका छन्। नेपाल मुक्तक प्रतिष्ठान बेलायतका महासचिव समेत रहेका उप्रेती अन्तराष्ट्रिय साहित्य परिषद बेलायतका सदस्री पनि हुन्। कर्ममा विश्वास गर्ने उप्रेती एनआरएनएमा पुगेर नेपाल र बेलायतमा बस्ने नेपालीको सम्बन्ध भाषिक साहित्यिक, सांस्कृतिक तथा सांगीतिक सम्बन्ध अझ प्रगाढ बनाउन पहल गर्ने आफ्नो महत्त्वपूर्ण उदेश्य रहेको बताउँछन्।
बेलायतमा बस्ने नेपालीहरू माझ उप्रेती चिरपरिचित छन्। कविता कन्सर्ट १ र २ मा तथा गजल सन्ध्यामा आफ्ना गजलहरू वाचन गरेर उनले वाहवाही लुटेका थिए। आफ्नो छवि स्वच्छ तथा काम गर्ने चाह र क्षमता भएकोले एनआरएनए युकेको निर्वाचनमा आफूलाई युके सचेत मतदाताहरूले अत्याधिक मत दिएर जिताउने कुरामा उप्रेती विश्वस्त छन्। बेलायतको पिटरबरोका बसोबास गर्ने उप्रेती पेशाले रेल कर्मचारी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *