लण्डन नेपाल न्युज समाचारदाता
मिडल्याण्ड । बेलायतको मिडल्याण्डमा चलिरहेको नेपाली क्रिकेट प्रतियोगिता अन्तिम चरणमा पुगेको छ । गत मे महिनामा धुमधामका साथ सुरु भएको गोल्डन एभरेष्ट क्रिकेट लिग मिडल्याण्डमा नेपाली क्रिकेट महोत्सवकै रुपमा चलिरहेको छ । एक विशेष समारोहका विच महामहिम नेपाली राजदुत श्री दुर्गा बहादुर सुबेदीले उदधाटन गर्नु भएको क्रिकेट लिगमा मिडल्याण्ड क्षेत्रका विभिन्न शहरबाट ५ ओटा नेपाली क्रिकेट टिमहरुले भाग लिइरहेका छन् ।
गोल्डन एभरेष्ट लिगका संयोजक दिपक सापकोटाका अनुसार यो यस प्रकारको पहिलो लिग हो । जस्मा ८४ जना नेपाली खेलाडीहरुले भाग लिएका छन् । सापकोटाका अनुसार हाल मिडल्याण्डका खेलाडी र टिमहरुलाइ समेटिएको यो लिगलाइ युके ब्यापी बनाउने लक्ष्य लिइएको छ । स्थानीय खेल प्रेमी दिपक सापकोटा र केसव केसीले संयोजन गरेको यो खेलबाट यस क्षेत्रका नेपाली युवाहरुमा नेपाल र नेपाली खेल, संस्कृतीको प्रवद्धन भएको छ भने नेपाली युवाहरु उत्साहित भएका छन् । संयोजक द्वय सापकोटा र केसी युवा खेलाडीहरुको खेल पे्रम र लगन सिलताबाट अत्यन्तै उत्साहित छन् । कुनै पनि कार्य सुरु गरेपछि त्यसलाई सफल गराउनै पर्ने तथा निरन्तरता हुनु पर्ने मान्यता राख्ने दिपक सापकोटा नेपाली समाजले खेल क्षेत्रलाई प्राथमिकता तथा महत्व कम दिएको बाट चिन्तित छन् ।
खेलबाट नेपाल र नेपालीलाई बेलायतमा चिनाउने, नेपाली भाषा संस्कृतीको संरक्षण गर्ने उदेश्य साथ क्रिकेटको लिगको आयोजना गरेका उनिहरु आफुहरुको परिश्रम खेर नजाने कुरामा विस्वस्त छन् । संयोजक सापकोटा भन्छन हामी क्रिकेटमा तेसै लागेका होइनौ कमसेकम आगामी पाँच देखि दश बर्ष भित्र हाम्रा खेलाडीहरुलाई बेलायत तथा नेपालको राष्ट्रिय टिममा प्रबेश पाउन योग्य बनाउने हाम्रो लक्ष्य छ । विभिन्न उतार चढावका बाबजुद क्रिकेट लिगको सफल आयोजना गरेकोमा स्थानिय नेपालीहरु पनि उत्साहि भएका छन ।
नेपाली राजदुत श्री दुर्गा बहादुर सुबेदीले उदधाटन गर्नु भएको क्रिकेट लिगमा मिडल्याण्ड क्षेत्रका विभिन्न शहरबाट ५ ओटा नेपाली क्रिकेट टिमहरुले भाग लिइरहेका छन् । भाग लीने टीम हरु मा गोर्खा टाइगर लेस्टर , गोर्खा क्रीकेट टीम नोटीइघम , गोर्खा लायन्स डर्बी , सान्तीलेपाली समाज बेलायत र नेपालीज वारीय्स गान्थम रहेका छन भने विभिन्न ठाउँमा प्रेतेक टीम ली दुई दुई खेल गरि पर्तेक टीमले आठ खेल खेल पछि चार टीम ले सेमिफाइनल मा ठाउँ बनायका थिए भने पहिलो सेमि फाइनल मा गोर्ख टाइगर ले सान्ती नेपाली समाज लाई पराजित को थियोे भने दोस्रो सेमिफाइनल मा गोर्खा क्रीकेट टीम ले डरबी लायन्स लाई पराजित गरेको थियो तेसैगरी तेस्रो सेमिफाइनल खेल सात गते लेस्टेर मा हुँदै छ ।
प्रत्योगिताको फाइनल खेल संगै आगामी ८ सेप्टेम्वरमा लिगको समापन गरिने भएको छ । समापन समारोहमा गैर आवासीय नेपाली संघ बेलायतका उपाध्यक्ष सेर बहादुर सुनार तथा प्रेम गाहा मगरको विशेष उपस्थिती रहने बताइएको छ ।






