एनआरएनए यूके सदस्यमा यस कारण प्रकाशराज कंडेलको उम्मेदवारी

लण्डन । लन्डनस्थित एकजना सामाजिक अभियन्ता प्रकाशराज कंडेलले आगामी सेप्टेम्बरमा १४ मा हुन लागेको एनआरएनए यूके आसन्न निर्वाचनमा सदस्यको पदमा उम्मेदवारी दिएका छन् ।चुनावी अभियानका क्रममा प्रचारप्रसारमा व्यस्त कंडेलले एनआरएन अभियानमा युवाको आकर्षण बढाउनु आफ्नो प्रमुख उद्देश्य रहेको बताएका छन् ।

चाल्र्टन नेपाली समाज यूकेमा सचिवको जिम्मेवारीमा रहेका कंडेल नवलपुर जिल्ला समाज यूकेका संस्थापक हरुमध्येका एक हुन् । लोकदोहोरी प्रतिष्ठान बेलायतका सदस्य उनले बेलायतमा धेरै लोकदोहोरी कलाकारका सांगीतिक कार्यक्रम समेत आयोजना गरेर चर्चा बटुलेका उनि बेलायतमा हुने धेरैजसो कार्यक्रमहरुमा सामाजिक सेवा र सहयोगी भाबना सहित सबैमाझ परिचित कंडेल यतिबेला भने चुनावी चटारोमा छन् ।

काममा विश्वास गर्छु, म चरित्रवान छु, एउटा सानो सदस्यको पदमा उम्मेदवारी दिएको छु मलाई अमुल्य मत दिएर जिताइदिनु होला उनले भने। समाजको लागि सकेको काम गरौं भन्ने मेरो पहिलेदेखिकै रुची हो, विभिन्न संघसंस्थामा पनि लागेर काम गरेकै हो , कंडेल भन्छन्, एनआरएनमा समेत टिममा नभएर पनि धेरै हिडियो । यसपटक कार्यसमितिमै बसेरै काम गर्ने ईच्छा गरेको हुं उनले भने ।

यतिबेला एनआरएनए यूके कार्यसमिति सदस्यको उम्मेदवारका रुपमा विभिन्न माध्यमबाट मतदातामाझ पुगिरहेका उनलाई ठूलो हौसला मिलिरहेको बताउँछन् । धेरैले चिन्नुहुन्छ । तपाईं काम गर्ने मान्छे हो, हामी सहयोग गर्छौं भन्नुभएको छ । यसले मलाई थप उत्साहित बनाएको छ, उनले सुनाए ।उनले निर्वाचनमा आफुलाई मत दिएर जिताएमा सबैको शिर उच्च हुने काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *