‘काम गर्न देऊ’ भनेर लेखेको केही समयमै बालेन्द्रले स्टाटस डिलेट गर्नुको कारण के हो ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा लेखेको एउटा स्टाटस हटाएका छन् ।

पछिल्लो समय अनक आलोचना खेपिरहेका मेयर बालेन्द्रले सोमबार राति फेसबुक पेजमा एउटा विचार समेटिएको स्टाटस लेखेर हटाएका हुन् ।

मेयर बालेन्द्र बजेटमा समेटिएका विषयलगायत विभिन्न कारणले विवादमा तानिएका छन् ।

र्‍यापर अनिल अधिकारी (यमबुद्द) को सालिक बनाउन बजेट छुट्याइएको भन्दै आलोचना खेपेका थिए । उनले सोमबार राति लेखेको स्टाटसमा `काम गर्न देऊ, डिस्टर्व नगर´ लेखिएको थियो ।