लन्डन । स्याङ्जा सहयोग समाज युके कार्यकारी समितिको पहिलो बैठक भिडियो कन्फ्रेन्स मार्फत समपन्न भएको छ । समाजका महासचिव डा. बलराम ढकालले संचालन गरेको कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष सारदा गुरुङले गरेका थिए । उदघाटन सम्बोधन संरक्षक थर्क सेनले दिएका थिए।
कार्यक्रममा समाजका संरक्षकहरु थर्क सेन रि.मेजर कुमार गुरुङ, क्याप्टेन री.प्रेम गुरुङ, राजन क्षेत्री उपस्थित थिए यसै गरि सल्लाहकारहरू: डेबिड गुरुङ (दिपक) प्रेमसिंह राना,विष्णु खनाल,नगेंद्र धोज खण्ड,नवराज गुरुङ,घन थापा, क्याप्टेन री डोल ब गुरुङ उपस्थित थिए।
यसै गरि कार्यक्रममा उपाध्यक्षहरु भरत गुरूङ,भक्त दर्जी सदस्यः चन्द्र थापा, चन्दा थापा, बीरू शाही, भीम बहादुर आले, विजय राणा, रीता डोटेल, ठाकुर ज्ञवाली र मिडिया एवम आउटरीच संयोजक रविन (एलबीजेड) गुरूङ उपस्थित थिए।
समाजले सदस्यहरू बिच स्वागत र परिचय साथै सल्लाहकार र क्षेत्र प्रतिनिधिहरू सहित टोलीको पूर्णता दिएको छ । उक्त बैठकले संस्था सञ्चालन सम्बन्धि बिधान समिति गठन गर्ने निर्णय गरेको छ ।
त्यस्तै मनोनीत सदस्यहरू औपचारिक रूपमा कार्यकारी समितिको नियमित बैठकहरूबाट अनुमोदन हुनेछन्। कार्यकारी समितिले बिधान समितिको सिफारिसमा अन्तिम निर्णय लिने छ। यसै गरि सदस्यहरूको दृष्टिकोण विचार कार्यकारी समिति मार्फत र बैठक द्वारा विचार गर्नेछ । बेलायत र नेपालमा के कस्ता कार्यहरु प्राथमिकतामा छन् ? के गर्न आवश्यक छ ,निकट भबिश्यमा समाजको भेलाले सम्बोधन गर्ने सबालमा छलफल भएको समाजका बरिष्ठ सल्लाहकार डेभिड गुरुङले बताए।
यूकेमा रहेका अन्य स्याङ्गजावासीहरु साथीहरूलाई पनि यस समाजमा सम्मिलित हुन प्रोत्साहित गर्ने निर्णय समेत गरेको छ र अर्को बैठक एक महिना पछि राखिएको समाजका अध्यक्ष शारदा गुरुङले बताए।
नया प्रविधिको प्रयोग गर्दै,,कोरोना भाइरस (कोभिड १९) संक्रमण संकट र लक्डाउनले प्रभावित समयमा पनि टेलिकन्फेरेन्स मार्फत सम्पन्न कार्यसमितीको बैठकबाटै संकलन गरिएको रु १ लाख नेपालको स्याङजा जिल्लामा कोरोना प्रभावित असाहाय र बिपत परेका हरुका लागि सहयोग पुर्याएको स्याङजा समाज युकेका मिडिया एवम आउटरीच संयोजकमा रविन (एलबीजेड) गुरूङले लन्डन नेपाल न्युजका सम्पादक शिब भण्डारी संगको टेलिफोनमा जानकारी गराए ।






