देउवाको जिल्लामा मेयर र उपमेयरमा एमालेको जीत, नगरपालिकामा खाता खोल्यो

डडेल्धुरा– प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको अमरगढी नगरपालिकामा एमालेले जित निकालेको छ । मेयरमा विश्वेवर प्रसाद ओझा ‘विपिन’ र उपमेयरमा संगीता भण्डारी विजय भएकी हुन् ।

ओझाले काङ्ग्रेस उम्मेदवार डिल्लीराज जोशीलार्इ १२८ मत अन्तरले हराएका हुन् ।

ओझाले ३ हजार ७६८ मत प्राप्त गर्दा जोशीले ३ हजार ६४० मत पाए ।

उपप्रमुखमा एमालेकी भण्डारीले काङ्ग्रेसकी पार्वती झुकाललाई २४८ मतान्तरले पराजित भइन् । भण्डारीले ३ हजार ५१७ मत पाएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसकी झुकालले ३ हजार २६९ मत पाइन् ।