लन्डन दूतावासको लेटरहेड र छाप दुरुपयोग गरी सिजनल वर्कर माथि ठगी

A woman stands at the entrance gate of the Embassy of Nepal in London, the UK, in February 2019. Photo courtesy: Surath Giri

लन्डन। लन्डनस्थित नेपाली दूतावासका नाममा गलत वक्तव्य प्रकाशित गरी लेटरहेड, छाप र दस्तखत समेतको दुरुपयोग गरिएको दूतावासले जनाएको छ।

दूतावासले विहीबार एक वक्तव्य जारी गर्दै आफ्नो लेटरहेड, छाप र दस्तखत अनाधिकृत रुपमा प्रयोग गरी सूचना निकालिएको प्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

दूतावासको नाम दुरुपयोग गरी कसले सूचना निकाल्यो भन्ने स्पष्ट नभइसके पनि सिजनल भिसामा कामदार पठाउने कुनै एजेन्ट वा कम्पनीले आफ्नो स्वार्थ अनुसार दुरुपयोग गरेको आशंका दूतावासको छ ।

दूतावासले सिजनल भिसाका सम्बन्धमा आफूले कुनै पनि सूचना जारी नगरेको स्पष्ट पारेको छ ।

कसरी भयो दूतावासको नाम दुरुपयोग ?