रवि लामिछानेका समर्थकहरुद्वारा जिप्रका चितवन अगाडि नाराबाजी (भिडियोसहित)

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानबिनका लागि पक्राउ गरिएका टेलिभिजन प्रस्तोता रवि लामिछानको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय चितवन अगाडि उनका समर्थकहरुले नाराबाजी थालेका छन् ।

पुडासैनीको आत्महत्या प्रकरणमा न्युज २४ टेलिभिजनमा कार्यरत लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई काठमाडौँबाट पक्राउ गरेर बिहीबार मध्यराति चितवन लगिएको थियो ।

लामिछाने सहित तीन जनालाई प्रहरीले आज अदालतमा पेश गर्ने भएको छ । फौजदारी अभियोगमा पक्राउ परिसकेपछि चौबिस घण्टाभित्र अदालतको म्याद लिएर न्यायिक हिरासतमा राख्नुपर्ने कानूनी ब्यवस्था अनुसार प्रहरीले चितवन जिल्ला अदालतमा पेश गर्ने भएको हो ।

विद्यमान कानुनअनुसार प्रहरीले पक्राउ परेका तीनैजनालाई पच्चिस दिनसम्मको न्यायिक हिरासतमा राखी मुद्दा अघि बढाउन सक्नेछ ।

https://www.facebook.com/deepak.r.bohara/videos/10220870276574511/?t=2

Leave a Reply

Your email address will not be published. Required fields are marked *