बेलायतको बर्मिंगहममा पण्डित चैतन्य कृष्णकोआध्यात्मिक प्रबचनमा उठ्यो १० हजार पाउन्ड

लन्डन । बेलायतको मिडल्याण्डस्थित बर्मिङहममा आयोजना भएको तीन दिने श्रीमद्भागवद्बाट १० हजार पाउन्डभन्दा बढी संकलन भएको छ । कार्यक्रम प्रचारप्रसार समितिको संयोजक पशुपति पोखरेलले दिएको जानकारी अनुसार बर्मिङहमस्थित पशुपतिनाथ मन्दिरले गत मे २६ देखि २८ तारिखसम्म ‘श्रीमद्भागवद् गीता अमृत महोत्सव’ आयोजना गरेको थियो ।

श्रीमद्भागवद् गीताको कथावाचन पण्डित चैतन्यकृष्णले गर्नुभएको थियो । पशुपतिनाथ मन्दिर परिसरमै आयोजना भएको कार्यक्रममा २ हजारभन्दा बढी श्रद्धालुको सहभागिता रहेको  थियो । कार्यक्रमको मुल आयोजक पशुपतिनाथ मन्दिर, बर्मिङहम थियो । श्रीमद्भागवद् गीता अमृत महोत्सवलाई शान्ति नेपाली समाज बेलायत साझा नेपाली समाज यूके, नटिंगहम नेपाली समाज, पिटरबरो नेपाली समाज, सिर्जनशील लेस्टर नेपाल, गल्कोट समाज यूके, हाम्रो नेपाली समाज, नेपाली सेफ एशोसिएसन यूके र गोर्खा नेपाली नेपाली समाज, डर्बीसहित मिडल्याण्ड क्षेत्रमा सक्रिय नेपाली संघसंस्थाले साथ दिएका थिए ।

अतिथि सत्कार तथा व्यवस्थापन संयोजकको जिम्मा कृष्ण ढकाललाई दिइएको थियो । संयोजक ढकालका अनुसार बेलायतमा बसे पनि हाम्रो धर्म, संस्कार र परम्परालाई निरन्तरता दिन कार्यक्रम आयोजना गरिएको हो । प्रचारप्रसार समिति संयोजक पोखरेलले भने, ‘बेलायतमा जन्मिएका र यतै हुर्किदै गरेका बालबालिका, युवालाई हाम्रो सनातन धर्म, संस्कृतिबारे जानकारी गराउन यो श्रीमद्भागवत कथावाचनको कार्यक्रम सहयोगी हुनेछ ।

कार्यक्रमको पहिलो दिन मे २६ मा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले उद्घाटन गर्नु भएको थियो भने विशेष अथितिको आकर्षणका रुपमा नेपाली संगीतका वरिष्ठ गायक प्रेमध्वज प्रधान समेत सहभागी हुनु भएको थियो ।

सुरुका दुई दिन ११ देखि १ तथा दिउँसो र साढे बजेदेखि साँझ ६ बजेसम्म कथावाचन गरिएको थियो । अन्तिम दिन बिहान ११ देखि १ र दिउँसो साढे ४ देखि साँझ ६ बजेसम्म कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रमबाट संकलन भएको रकम मन्दिरको मर्मतसम्भार तथा स्तरवृद्धिको काममा खर्च गर्ने योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *