दाहाललाई भारत भ्रमणको निम्तो

prachanda23काठमाडौं- एकीकृत नेकपा माओवादीका अध्यक्ष पूष्पकमल दाहाललाई भारतीय राजदूत मार्फत भारत भ्रमणको निम्ता आएको छ ।

नेपालको जारी संविधानप्रति असन्तुष्ट भारत र दाहालबीच संविधान जारी भएलगत्तैदेखिको सम्बन्ध तनावपूर्ण छ ।

दूई देशको सम्बन्धलाई नयाँ शिरामा उठाउन भ्रमणमा जानु उपयुक्त हुने केही नेताहरुको तर्क रहेको छ भने केही नेताहरुको भने भ्रमणमा जानु बेठिक हुने मत रहेको एमाओवादी स्रोतले बतायो ।