तिलक परियारले दिए विप्लव माओवादीबाट राजीनामा

tilakकाठमाडौं– विप्लव नेतृत्वको नेकपा माओवादीका वरिष्ठ नेता तिलक परियारले राजीनामा दिएका छन् । उनी विप्लव माओवादीद्धारा गठित संघीय देशभक्त राष्ट्रिय मोर्चा हुन् । उनी पोलिटव्यूरो सदस्य हुन् ।

स्रोतका अनुसार माओवादीहरुवीचको एकता प्रक्रियामा सहभागी हुन उनले विप्लवसँग डिभोर्स गरेका हुन् । यस अघि विप्लव माओवादीका तर्फबाट बसन्त घर्तीले एकता प्रक्रियामा आफुलाई समाहित गराईसकेका थिए ।

उनी पाँच सदस्यीय पार्टी एकता संयोजन समितिका सदस्य पनि हुन् ।

खड्कबहादुर विश्वकर्मा र परियारवीच मतभेद थियो । उनले केही समय अगाडि प्रचण्डसँग पनि भेट गरेका थिए ।