तालिवानी आक्रमणमा मारिएका नेपालीको परिवारलाई एनआरएनएको सहयोग

लन्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीले २० जुन २०१६ मा अफगानिस्तानको काबुलस्थित क्यानाडा दूतावास नजिकै तालिवानको आक्रमणमा १३ जना नेपाली सुरक्षा गार्डहरुले ज्यान गुमाएकामध्ये ११ जना मृतकका परिवारलाई जनही १ लाख रुपैयाँ सहयोग गरेको छ ।

एनआरएनए अध्यक्ष भवन भट्ट र महासचिव बद्रि केसीले मृतकका परिवारलाई जनही १ लाख रुपैयाँको चेक प्रदान गरे ।

कार्यक्रममा संघका महासचिव केसीले मृतकका परिवारहरु समक्ष समवेदना प्रकट गर्दै विदेशमा रहेका नेपालीहरुले संकलन गरेर सहयोगस्वरुप पठाएको रकम सदभाव स्वरुप हस्तान्तरण गरिएको बताए । थप दुई जनाको परिवारलाई पनि काजगी प्रक्रिया पूरा गरेर रकम दिइने केसीले जानकारी दिए ।

संघका अध्यक्ष भवन भट्टले त्यस विभत्स घटनामा दिवगंत भएका गैरआवासीय नेपालीहरुका परिवारहरुसमक्ष समवेदना प्रकट गरे ।