विश्वप्रकाश शर्मा कांग्रेस प्रवक्ता मनोनित

काठमाडौं– नेपाली कांग्रेसको प्रवक्तामा युवा नेता विश्वप्रकाश शर्मा मनोनित भएका छन् ।

सभापति शेरबहादुर देउवाले मंगलबार शर्मालाई पार्टी प्रवक्तामा मनोनित गरेका हुन् ।

१३ औं महाधिवेशन भएको लामो समयसम्म देउवाले लामो समयसम्म प्रवक्ता मनोनित गरेका थिएनन् । शर्मा २०७० को संविधानसभा र २०७४ मा प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए ।