काठमाडौं– सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले डा गोविन्द केसीलाई गिरफ्तार गरेर राज्य निरंकुशता तिर उन्मुख भएको देखिएको टिप्पणी गरेको छ ।
गजुरेलले एक विज्ञप्ति जारी गर्दै गोबिन्द के.सीको अविलम्ब रिहाईको माग गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ– अनशनमै बसेको बेला गएको मध्यरातमा डा. के.सीलाई गिरफ्तार गर्ने जुन काम भएको छ, यसबाट राज्य निरंकुशता तिर उन्मुख भएको देखिन्छ । यसले वर्तमान संविधानको गैर जनतान्त्रिक चरित्रतिर पनि संकेत गरेको छ । हामी अनशनमा रहेका डा. गोबिन्द के.सीको अविलम्ब रिहाईको माग गर्दछौं । यसबाट उत्पन्न हुने सबै परिणामहरुको जिम्मेवारी यो सरकार नै हुनुपर्ने कुरा स्पष्ट छ ।’
केसी पक्राउ प्रकरणमा मोर्चाले भन्यो– राज्य निरंकुशतातिर उन्मुख भयो






