नेपाल राष्ट्र बैकका गर्भनर डा.चिरञ्जीवी नेपालसहित उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाललाई लन्डनमा भब्य स्वागत

शिव भण्डारी

लन्डन । नेपाल राष्ट्र बैकका गर्भनर डा चिरञ्जीवी नेपाल लन्डन आईपुग्नुभएको छ । गभर्नरको साथमा उन्की पत्नी सुमन नेपाल , उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा ग्लोबल आइएमी चन्द्र ढकाल र आइएमीका जनक शर्मा पौडेल सहभागि हुनुहन्छ ।

गभर्नर नेपाललाई एनआरएनए आइसिसी उपाध्यक्ष कुल आचार्य, एनआरएन यूके महासचिव राजकुमार त्रिपाठी,   लन्डन्स्थित नेपाली दूतावासका थर्ड सेक्रेटरी भुपेन्द्र घिमिरे,एनआरएन यूकेका गंगा राना, बिमला लिम्बु, धर्म विभागका संयोजक होमनाथ पौडेल, आइएमी यूकेका कमल पौडैल, पत्रकार शिव भण्डारी लगायतले स्वागत गरेका थिए । बेलायतमा आइएमी हेर्ने अमित चालीसे पनि एयरपोर्टमा स्वागतका लागि पुगेका थिए ।[भिडियो सहित]

गर्भनर नेपालले गैरआवासीय नेपाली संघ यूकेको आयोजनामा हुने नेपालमा सामूहिक लगानीसम्बन्धी एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

कार्यक्रमलाई सफल पार्न गैरआवासीय नेपाली संघ युकेले उपाध्यक्ष शेर सुनारको संयोजकत्वमा एक उपसमिति समेत गठन गरिसकिएको छ । कार्यक्रमको तयारी ब्यापक रुपमा भइरहेको जनाइएको छ ।