दाहालले भने- ‘एमालेले झुक्यायो’

prachandaकाठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेले धेरै झुक्याएको भन्दै दुखेसो पोखेका छन् ।

केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारका प्रमुख घटक माओवादी अध्यक्ष प्रचण्डले एमालेले धेरै झुक्याएकै कारण आफुहरु सरकार परिवर्तनको खेलमा लागेका स्पष्ट पारे ।

ँमलाई प्रधानमन्त्री बन्नु छैन, पार्टी बनाउने चिन्ताले सताइरहेको अवस्थामा प्रधानमन्त्री बन्नेतिर मेरो ध्यान नै छैन’ उनले भने, ँतर एमालेले यसरी धेरै झुक्यायो भने ओली सरकारको आयु धेरै दिन छैन भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु ।’

एमालेले बजेटका क्रममा माओवादीलाई धेरै झुक्याएको भन्दै प्रचण्डले ओलीको फट्याईका कारण सरकार परिवर्तनमा लाग्न बाध्य भएको बताए । ओली नेतृत्वकै सरकारलाई आफूहरुको समर्थन रहेको भन्दै प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्न कुनै हतार नभएको समेत बताए ।