विशाल बजारमा भ्रष्टाचार: आफ्नै फैसला पुनरावलोकन गर्दै सर्वोच्च

काठमाडौं- विशाल बजार कम्पनीक तत्कालीन अध्यक्ष रवीन्द्र श्रेष्ठसहित उनका भाइ र निजी सचिवलाई भ्रष्टाचारी ठहर गर्ने आफ्नो निर्णयलाई सर्वोच्च अदालतले पुनरावलोकन गर्ने भएको छ ।

दीपकराज जोशीसहित तेजबहादुरबहादुर केसी र पुरुषोत्तम भण्डारीको इजलासले विशाल बजारको भ्रष्टाचार मुद्दा पुनरावलोकनका लागि अनुमतिपनि सोही मुद्दामा फेरि सुनुवाइ भई यसअघिको संयुक्त इजलासको फैसला परीक्षण हुनेछ।

न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले २०७३ मंसिर २६ गते तीन जनालाई भ्रष्टाचारी ठहर गरेको थियो । सर्वोच्चको संयुक्त इजलासले विशाल बजार कम्पनीका अध्यक्ष एवं पूर्वसांसद रवीन्द्र श्रेष्ठलाई एक करोड दुई लाख बिगो र त्यति नै जरिवानाको फैसला सुनाएको थियो ।

श्रेष्ठका भाइ देवेन्द्रलालबाट ३६ लाख ७२ हजार रुपैयाँ असुल्ने फैसला भएको थियो । रवीन्द्रका निजी सचिव रमेशमान श्रेष्ठलाई भने एक महिनाको कैद सुनाइएको थियो ।