लण्डन । दर्पण छायाँ -२ का नायक पुष्प खड्का र ‘ठमेल बजार’ गितमा अभिनय गरेकी चर्चित मोडल एलिसा रार्इको जोडी ‘छमछमी’ मा देखिएको छ । छमछमी बोलको गितमा एक साथ प्रस्तुत भएका अहिलेका चर्चित जोडी पुष्प र एलीसाको प्रभावशाली अभिनय रहेको छ ।
गितकार आशिष राजको शब्द संयोजनमा रहेको ‘छमछमी’ को म्युजिक भिडियोको निर्देशन सञ्जय बरालले गरेका हुन् । उनले यस अघि १ सय ३१ म्युजिक भिडियोको निर्देशन गरिसकेका छन् ।
किरण अधिकारीको स्वर रहेको ‘छमछमी’ को म्युजिक भिडियोको छायांकन बुद्ध थापाले गरेका छन् । राजिव कुमारको कोरियोग्राफि रहेको यस गितको सम्पादन भरत रेग्मीले गरेका हुन् । बिहीबार हाइलाइट्स नेपालमार्फत सार्वजनिक भएको यस म्युजिक भिडियोलार्इ निकै रुचाइएको छ ।






