लन्डन– नेपाली जनसम्पर्क समिति यूकेको चौथो अधिवेशन आज शनिबार हुँदैछ ।
लामो समयपछि एकतामा रुपान्तरण भएको जनसम्पर्क समिति यूकेले अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दैछ । शनिबार पश्चिम लन्डनको इम्पेरियल कन्फ्रेन्स हलमा हुने अधिवेशनमा सक्रियतापूर्वक सहभागी हुन जनसम्पर्क समिति बेलायतका सभापति लोक गुरुङले अपिल गरेका छन् ।
अधिवेशन सहमतिमा गराउन केन्द्रीय नेता लागी परेका छन् ।
स्रोतका अनुसार अध्यक्षमा युवराज गुरुङलाई नेतृत्व दिंदै सर्वसम्मत कार्यसमिति चयनको तयारी भएको छ । अधिवेशन सुरु हुनुअघि नेताहरु आन्तरिक बैठकमा व्यस्त छन् ।
अधिवेशनका लागि कांग्रेस नेताहरु सुरेन्द्रराज पाण्डे र एनपी साउद बेलायत आइसकेका छन् ।






