७ दिनभित्र महसुल नबुझाए विद्युत लाइन काट्ने चेतावनी

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले बक्यौता विद्युत महसुल ७ दिनभित्र बुझाउनका लागि सबै सरकारी कार्यालयलाई अनुरोध गरेको छ।

प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गरेर विद्युत महसुस बुझाउन बाँकी रहेका नेपाल सरकारका सरकारी निकायहरू, अत्यावश्यक सेवाअन्तर्गतका अस्पतालहरूसमेतलाई ७ दिनभित्र भूक्तानी गर्न अनुरोध गरेको हो।

प्राधिकरणले ७ दिनभित्र महसुल नबुझाए जुनसुकै समयमा बिना सूचना विद्युत कनेक्सन काटिने चेतावनी दिएको छ।