नेपाल-चीनबीच पारबहनसहित १० वटा सम्झौतामा हस्ताक्षर

nepal chinaबेइजिङ- नेपाल र चीनबीच पारवहन, व्यापारसहितका १० वटा सम्झौता तथा समझदारीमा हस्ताक्षर भएको छ ।

चिनियाँ संसद भवन ग्रेट हल अफ पिपुलमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली खछ्याङ नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्तापछि सम्झौतामा विभिन्न तहमा हस्ताक्षर भएको छ ।

नेपाल र चीनले पारवहन सम्झाता गरेका छन् । सम्झौता पत्रमा नेपालका परराष्ट्रमन्त्री कमल थापा र चिनियाँ समकक्षीले हस्ताक्षर गरेका छन् । नेपाललाई चिनियाँ बन्दरगाहसम पहुँच दिने यो सम्झौतालाई महत्वका साथ हेरिएको छ ।

खुला व्यापार, ग्यास तथा पेट्रोलियम अन्वेषण ट्रेडमार्क दर्ता सम्वन्धी सम्झौतामा पनि हस्ताक्षर भएको छ ।

यस्तै पोखरा विमानस्थल निर्माणका लागि सहुलियत ऋण सम्झौतामा पनि हस्ताक्षर गरेको छ । यो सम्झौतामा नेपालका तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले हस्ताक्षर गरेका छन् ।