अबको केहि दिनभित्रै औषधीको चरम अभाव हुन्छः औषधि व्यवसायी

काठमाडौं– औषधी व्यवसायी संघले अबको केहिदिन भित्र अत्यावश्यक तथा जीवनरक्षक औषधिको चरम अभाव हुने बताएको छ ।  संघले झण्डै तीन महिनादेखि तराई–मधेसमा जारी आन्दोलन र डेढ महिनादेखिको अघोषित नाकाबन्दीले राजधानीलगायत देशभर अत्यावश्यक तथा जीवनरक्षक औषधि चरम अभाव हुने बताएको हो ।
संकका केन्द्रीय अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले एक अपील  जारी गर्दै औषधिको चरम अभाव सिर्जना हुँदासमेत सरोकारवालाहरुको चासो पर्याप्त मात्रामा नदेखाएको गुनासो गरेका छन् ।
यस्तै जीवनरक्षक औषधिसमेत कम हुँदै गएको अवस्थामा सरकार र आन्दोलनरत पक्षले आपूर्ति सहज बनाउन तथा मौज्दात ढुवानीको वातावरण बनाउन र आपूर्तिका अन्य विकल्पहरुमा तत्कालै ठोस योजना बनाउने अग्रसरता लिन आग्रह समेत अपीलमार्फत गरिएको छ ।

सरकारले औषधि वितरणका लागि बिक्रेतालाई इन्धन उपलब्ध नगराउँदा भण्डारण गरिएका औषधि स्वास्थ्य संस्थासम्म नसकिएको भन्दै संघले  इन्धन वितरणमा सहजता अपनाउन पनि सम्बन्धित निकायमा अनुरोध गरेको  छ ।अपील