बर्दियामा जलयात्रा गरे हृयारीले

harryकाठमाडौं- नेपाल भ्रमणमा रहेका बेलायतका राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘हृयारी’ सोमबार बर्दियामा व्यस्त भए ।

राजकुमार हृयारीले बर्दियामा पुग्नासाथ निकुञ्जको बीच हुँदै बगेको खौरिया नदीमा झन्डै ४० मिनेट जलयात्राको मज्जा लिए । निकुञ्जको गैँडामोचन पोस्टबाट जलयात्रा सुरु भएको थियो । राजकुमार हृयारीको जलयात्रा बघौरा फाँटमा पुगेर टुङ्गिएको थियो ।

प्रकृति, पर्यावरण, हिमाल र वन्यजन्तुप्रति विशेष चासो राख्ने राजकुमार हृयारीले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकनका बेलामा निकुञ्जका विविध पक्षका बारेमा जानकारी लिएका छन् । झन्डै हजार वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा मुख्यतः हात्ती, गैँडा, बाघ र २५० प्रजातिका चराचुरुङ्गी पाइन्छन् ।

आज र भोलि राजकुमार ह्यारीले बर्दिया, लमजुङ, पोखरामा समय बिताउने छन् । पर्वतीय पदयात्रामा सौखिन राजकुमार ह्यारी लमजुङमा पदयात्रामा जाने कार्यक्रम छ ।