काठमाडौं, १९ कात्तिक । नेपालमा अघोषित नाकाबन्दी गरेको भारतले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदमा मधेस आन्दोलनको प्रसंग उठाएको छ ।
मधेसमा आन्दोलन गरिरहेका मधेसवादी दलका पक्षमा बोल्दै उसले नाका अवरोध नेपालमा भइरहेको आन्दोलनबाट भएको बताएको छ । नयाँ संविधान घोषणाएपछि नेपालमा राजनीतिक अवस्था बिग्रिँदै गएको, ४५ जनाको ज्यान गएको र मर्नेमा अधिकांश सर्वसाधारण रहेको दाबी गर्दै भारतले राजनीतिक समस्या समाधानमा प्रगति नभएकोमा आफ्नो चासो रहेको उल्लेख गरेको छ ।
नेपालको समस्या राजनीतिक प्रकृतिको रहेको र बल प्रयोग गरेर वा सैन्य विधिबाट यसको समाधान नहुने भारतले प्रष्ट पारेको छ । साथै संविधानमा सबै क्षेत्रलाई समेट्न तथा फराकिलो अपनत्व र सहभागिता जुटाउन पनि भारतले राष्ट्रसंघलाई सुझाव दिएको छ ।
उसो भर्खरै भारतको राजधानी दिल्ली गाइको मासु घरमा राखेको आरोपमा एक मुश्लिमको कुटिकुटि हत्या भएको थियो । जून मानवअधिकारको ठाडो उल्लघंन थियो । त्यस्तै भारत पाकिस्तान क्षेत्र कश्मिरमा पनि मानवअधिकार उल्लंघन भइरहेको छ । आफ्ना देशका कुरा उठाउन छाडेर भारतले राष्ट्रसंघमा नेपालविरुद्ध बोलेको हो ।







