मलेसिया १४ असाेज। बैदेशिक रोजगारीका लागी मलेसियामा एक नेपालीको सुतेकै स्थानमा मृत्यु भएको छ ।
जाजरकोट खगेनकोट गाविस वार्ड न ३ घर भएका परियार १० महिना अघि नेपालबाट मलेसिया गएर टेस्सी एसडीएन बीएचडीमा काम गदै अाएका थिए ।
कामबाट फर्केर रातीको खाना खाई सुतेका परियार सुतेकै स्थानमा परियारको मृत्यु भएको हो । विहान साथीहरुले उठाउदा उनी ओछयानमै मृत भेटिएका थिए ।
शवलाई पोष्टमार्टमको लागि अस्पतालमा लगिएको छ ।पोष्टमार्टम पश्चात शवलाई नेपाल पठाउने तयारी भैरहेको परियारका साथी रवि मगरले बताए ।






