मलेसियामा सुतेकै स्थानमा एक नेपालीको निधन

मलेसिया १४ असाेज। बैदेशिक रोजगारीका लागी मलेसियामा एक नेपालीको सुतेकै स्थानमा मृत्यु भएको छ ।

जाजरकोट खगेनकोट गाविस वार्ड न ३ घर भएका  परियार १० महिना अघि नेपालबाट मलेसिया गएर  टेस्सी एसडीएन बीएचडीमा  काम गदै अाएका थिए  ।

कामबाट फर्केर रातीको खाना खाई सुतेका परियार सुतेकै स्थानमा परियारको मृत्यु भएको हो । विहान साथीहरुले उठाउदा उनी ओछयानमै मृत भेटिएका थिए ।

शवलाई पोष्टमार्टमको लागि अस्पतालमा लगिएको छ ।पोष्टमार्टम पश्चात शवलाई नेपाल पठाउने तयारी भैरहेको परियारका साथी रवि मगरले बताए ।