एनआरएनए अभियन्ता विनय अधिकारीले ‘दुनियानै लठ्ठै छ’ भन्दै बने मोड्ल

लण्डन । एनआरएनए अभियन्ता विनय अधिकारी मोड्लिङ क्षेत्रमा प्रवेश गरेका छन् । नेपालको कला संस्कृतिको संरक्षण गर्ने उद्येश्य सहित अधिकारी ‘दुनियानै लठ्ठै छ’ बोलको गीतमार्फत मोड्लिङ क्षेत्रमा प्रवेश गरेका हुन् ।

उनले अभिनय गरेको गीत ‘दुनियानै लठ्ठै छ’ अप्रिल ९ तारिक (चैत २७ गते)का दिनमा बजारमा आउने छ । प्रताप दासको स्वरमा रहेको यो गीतमा अधिकारी आफैको शब्द संगित रहेको छ भने गीतलाई कृष्ण लामिछानेले बजारमा ल्याएका हुन् । गीतमा विनय अधिकारी र प्रतिक्षा खतिवडाको दमदार अभिनय रहेको छ भने गीतको भिडियो निर्देशन कृष्ण लामिछानेले गरेका छन् ।

बेलायतमा रहेर विभिन्न सामाजिक कार्यमा सक्रिय अधिकारी गोर्खाली समाजको समेत नेतृत्व कर्ता हुन् । उनी नेपालमा कोही कसैलाई समस्या पर्दा खुल्ला दिलका साथ सहयोग गर्ने मनकारी अभियान्तका रुपमा पनि चिनिन्छन् । गोर्खामा विभिन्न विद्यालय, स्वस्थ्य चौकीको स्तरउन्नतीदेखि त्यहाँको जनताको शिक्षा र स्वस्थ्यलाई मध्येनजर गर्दै विभिन्न सामाजिक कार्यमा प्रत्यक्ष सहभागी भएर सहयोग गरिरहेका छन् ।

गैरआवासिय नेपाली संघ (एनआरएनए)का उपमहासचिव रहेका अधिकारी आगामी निर्वाचनमा अध्यक्ष लड्ने तयारी गरिरहेका छन् । उनी एनआरएनएमा लोकप्रिय छन् भने गोर्खा जिल्ला बासीले धेरै माया गर्ने पात्रमा पर्छन्

भिडियो)