सिड्नी । अस्ट्रेलिया लाई कर्मथलो बनाउदै आएकी नेपाली गीत संगीतमा निरन्तर क्रियाशिल सर्जक, कलाकार,मोडल तथा गायिका जेनिशा गौतम अन्तराष्ट्रिय संगीत सम्मानबाट सम्मानित भएकी छिन् । ब्राण्डरुट ईन्टरटेन्मेन्ट प्रा.लिले आयोजना गरेको तेस्रो राष्ट्रिय ब्रान्ड संगीत पुरस्कार २०८० मध्ये गौतम अन्तराष्ट्रिय सगींत सम्मानबाट पुरस्कृत भएकी हुन् । विदेशमा बसेर पनि नेपाली गीत संगीतलाई प्रवद्र्धन गर्दै आईरहेका कलाकारहरुलाई प्रा.लिले हरेक वर्ष उक्त सम्मान दिँदै आएको छ । सोही अवार्ड अस्ट्रेलियामा बस्ने कलाकारहरु मध्ये वाट पहिलो पटक गौतमले प्राप्त गरेकी हुन् ।

अस्ट्रेलियामा रहेर पनि नेपाली गीत संगीतको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा पुर्याएको योगदान स्वरुप उक्त सम्मान गौतमले पाएकी हुन् । सम्मान पाएपश्चात लण्डन नेपाल न्यूजसंग कुराकानी गर्दै गौतमले आफ्नो कर्म कलाकारिता रहेको भन्दै जहाँ रहेपनि आफुले सगींत क्षेत्रलाई निरन्तर अगाडी बढाईरहेको र यति ठुलो सम्मान पाउँदा निकै खुसी लागेको बताईन् । सम्मानले अझै धेरै जिम्मेवारी महसुस गराएको उनको भनाई थियो । गौतमका दर्जनौँ गीतहरु बजारमा छन् । विशेषगरी सुगम संगीतमा क्रियाशिल उनले गीत, संगीत संगै अभिनय र कोरियोग्राफरको रुपमा समेत क्रियाशिल छन् । नेपाल रहँदा र अस्ट्रेलिया गएपश्चात पनि उनले दर्जनौँ विभिन्न अवार्डहरु प्राप्त गरिसकेकी छिन् ।







